logo

प्रतिकित्ता १ सय रुपैयाँमै राधी विद्युतको १३ लाख कित्ता सेयर बिक्रीमा

    757   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार– राधी विद्युत कम्पनीले अवितरित हकप्रद सेयर मंगलबारदेखि बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले भोली मंगलबारदेखि लिलामी मार्फत १३ लाख बढी कित्ता सेयर बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि निष्कासन गरी बिक्री नभएको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्री गरेको हो । कम्पनीले सेयरधनीहरुका लागि असोज ६ गतेदेखि असोज २५ गतेसम्म ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको सो कम्पनीले जनाएको छ ।
यस कम्पनीले खुल्ला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन बोलपत्र पेश गर्दा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
कम्पनीको यस सेयरमा आगामी ७ मंसिरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीको सो सेयरमा काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पेश गर्न सकिने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।