logo

पूँजीवजार विस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ता संघहरुको चेतावनी

    869   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले खुलाएको ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी अनुमतिपत्रलाई सर्वोच्च अदालतले रोकेपछि समग्र लगानीकर्ता संघले आपत्ति जनाएर कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन ।
बोर्डले खुलाएको अनुमतिपत्र रोकेपछि सोमबार लगानीकर्ताका विभिन्न ९ वटा संघहरुले सयुक्त विज्ञप्ति जारि गर्दै यस्तो चेतावनी दिएका हुन ।
५४ लाख लगानीकर्ताहरुको तर्फबाट यस्तो चेतावनी दिने संघहरुमा नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीवजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूँजीवजार संघ, स्वतन्त्र पूँजीवजार सूधार संघ, सेयर लगानीकर्ता दबाब समुह र लगानीकर्ता हित संरक्षण मन्च रहेका छन ।
निश्चित समूहको प्रलोभनमा परी पुँजीबजार विकासको कार्यमा कठिनाइ सृजना भएपछि लगानीकर्ता संघले फेरी सडकमा उत्रिने चेतावनी समेत जाहिर गरेका छन्।
स्वार्थ समूहले पूँजी बजारको आधुनिकीकरणमा अवरोध पुर्याएको उनीहरुको निष्कर्ष छ। सुधारात्मक काम रोकिँदा नेपालको पूँजी बजारले झन् ठूलो क्षति भोग्नुपर्ने उनीहरुको भनाई छ ।
निर्वाचन अघि लाइसेन्स बाँड्ने निर्णय विवादास्पद भएको भन्दै सर्वोच्च अदालतमा बारम्बार रिट दर्ता भएको थियो। जस लगत्तै अनुमतिपत्र दिने काम अर्को निर्णय नहुन्जेलसम्मका लागि बन्द गर्न बोर्डलाई सर्वोच्चले आदेश दिएको हो।
नियम विपरित स्वेच्छिक तरिकाले नियमावली संसोधन गरिएको भन्दै संशोधित नियमावली नै खारेजीको माग गरिएको छ ।
यस बारे भोलि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । त्यसपछि सर्वोच्चको निर्णयले ब्रोकर, कमोडिटी र स्टक एक्सचेन्ज अनुमतिपत्र आगामी कदम तय गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।