logo

पूँजीवजार विस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ता संघहरुको चेतावनी

    1149   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले खुलाएको ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी अनुमतिपत्रलाई सर्वोच्च अदालतले रोकेपछि समग्र लगानीकर्ता संघले आपत्ति जनाएर कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन ।
बोर्डले खुलाएको अनुमतिपत्र रोकेपछि सोमबार लगानीकर्ताका विभिन्न ९ वटा संघहरुले सयुक्त विज्ञप्ति जारि गर्दै यस्तो चेतावनी दिएका हुन ।
५४ लाख लगानीकर्ताहरुको तर्फबाट यस्तो चेतावनी दिने संघहरुमा नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीवजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पूँजीवजार संघ, स्वतन्त्र पूँजीवजार सूधार संघ, सेयर लगानीकर्ता दबाब समुह र लगानीकर्ता हित संरक्षण मन्च रहेका छन ।
निश्चित समूहको प्रलोभनमा परी पुँजीबजार विकासको कार्यमा कठिनाइ सृजना भएपछि लगानीकर्ता संघले फेरी सडकमा उत्रिने चेतावनी समेत जाहिर गरेका छन्।
स्वार्थ समूहले पूँजी बजारको आधुनिकीकरणमा अवरोध पुर्याएको उनीहरुको निष्कर्ष छ। सुधारात्मक काम रोकिँदा नेपालको पूँजी बजारले झन् ठूलो क्षति भोग्नुपर्ने उनीहरुको भनाई छ ।
निर्वाचन अघि लाइसेन्स बाँड्ने निर्णय विवादास्पद भएको भन्दै सर्वोच्च अदालतमा बारम्बार रिट दर्ता भएको थियो। जस लगत्तै अनुमतिपत्र दिने काम अर्को निर्णय नहुन्जेलसम्मका लागि बन्द गर्न बोर्डलाई सर्वोच्चले आदेश दिएको हो।
नियम विपरित स्वेच्छिक तरिकाले नियमावली संसोधन गरिएको भन्दै संशोधित नियमावली नै खारेजीको माग गरिएको छ ।
यस बारे भोलि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । त्यसपछि सर्वोच्चको निर्णयले ब्रोकर, कमोडिटी र स्टक एक्सचेन्ज अनुमतिपत्र आगामी कदम तय गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।