logo

लगानीकर्तालाई सेयर धितो कर्जा पाउन कठिन

    800   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा परिरहेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव रहेकाले कर्जा दिन ठप्प पारेका छन् । गत वर्षदेखि तरलता अभावको समस्या खेपेका बैंकहरुले अहिले पनि सोही समस्याबाट ग्रसित भएका छन् । कर्जा नपाउने समस्याबाट ग्रसित भएका लगानीकर्ताहरुलाई यति बेला कर्जाको ब्याज बढेका कारण पनि निकै समस्या सिर्जना गरेको छ ।

विगत डेढ वर्षदेखि ओरालो लागेको सेयर बजार माथि उक्लिने संकेत गरिरहेको छ । तर, लगानीकर्ताहरुमा लगानीयोग्य रकम अभाव रहेकाले बजारमा लगानी गर्नबाट बञ्चित छन् । बैंकहरुले कर्जा ठप्प पारेको र केही बैंकले सेयर धितो कर्जा दिएपनि लागत महँगो भएकाले लगानीकर्ता मर्कामा परेका हुन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको भदौ महिनामा बैंकहरुले ८६ अर्ब ४२ करोड १० लाखरुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि उच्च रहेको छ । कर्जाको ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । नयाँ कर्जा पाउन गाह्रो परेको छ भने पुराना ऋणीहरुलाई लागत बढेर थेगिनसक्नु परेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । जसले गर्दा यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । सेयर बजार बढ्ने संकेत गरेपनि बैंकहरुको ब्याजदर नघटेसम्म, सेयर धितोकर्जा सहज रुपमा प्रवाह नगरेसम्म सम्भव नदेखिने लगानीकर्ताको भनाइ छ ।
लगानीकर्ता राजेश प्याकुरेल घटेको बजारमा सेयर धितो कर्जा लिने हिम्मत लगानीकर्तामा नहुने बताउछन । अहिले बजारमा ब्याजर उच्च रहेकोले लगानीकर्तालाई दोहोरो मर्का पर्ने उनको भनाइ छ । उनले अहिले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेकाले लगानीकर्ताहरु घटेको बजारमा मार्जिन कर्जा नलिने बताए ।
‘बजार घटेको बेला लगानीकर्ताहरु सेयर धितो कर्जा लिन चाँहदैनन किनभने अहिले बजारमा ब्याजदर उच्च भएकाले लगानीकर्तामा हिम्मत हुँदैन, कर्जा लिएर पैसा कमाउन अहिले गाह्रो छ, बुल मार्केटमा सेयर कर्जा सेटलमेन्ट गर्न गाह्रो हुँदैन, घटेको बजारमा सेयर खरिद गर्यो भने घाटामा बिक्री गर्नुपर्ने हुन्छ, अहिले कर्जा लिन कसैले मानिरहेका छैनन्,’ उनले भनिन्, ‘अहिले बैंकहरुले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेको छ भने लगानीकर्ताहरु किन घटेको बजारमा मार्जिन कर्जा लिन्छन् जति घट्दै जान्छ त्यति मार्जिन कल आउँछ, अनि आत्तिएर बिक्री गर्छन्, जसले झन् मार्केट डाउन हुन पुग्छ, ठूला लगानीकर्ताहरुले यस्तै अवस्था भोगेको हुनाले सेयर बजार १८ सय अंकमा झरेको हो ।’
यसैगरि, अर्का लगानीकर्ता राधा पोखरेलले पनि बैंकहरुबाट सेयरधितो कर्जा पाउन गाह्रो भएको बताउँछिन् । ७÷८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पु¥याउँदा पुराना ऋणीहरुलाई गाह्रो भएको उनको भनाई छ ।
‘बैंकहरुबाट सेयर धितो कर्जा पाउन सहज छैन, सेयर धितो कर्जा नै दिइरहेका छैनन्, पहिला ७÷८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुगेको छ, नयाँ कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँछ,’ उनले भनिन्, ‘पुरानो कर्जा पनि तिर्न भनेर अफ्ठ्यारो पारिरहेका छन्, सेयर बिक्री गरेर तिरौं भन्दा पनि अन्य आम्दानी पनि छैन, कर्जा नपाउँदा नै बजार घटेको हो ।’
त्यसैगरि,लगानीकर्ता दिपेन्द्र अग्रवाल राष्ट्र बैंकले कडाई गरेका कारण सेयर धितो कर्जा पाउन गाह्रो भएको बताए । साना लगानकर्तालाई सेयर कर्जा दिइरहेको भएपनि अब ठूला लगानीकर्तालाई पनि दिनुपर्ने उनको माग छ ।
‘अहिले तरलताको अभाव भएकोले सेयर धितो कर्जा पाउन गाह्रो छ तर नपाउने भन्ने अवस्था भने छैन, मैले आफूले लिएको छैन, बैंकरहरुले अहिले बोलाएर कर्जा लिनु भनेको छैन, साना लगानीकर्तालाई २५ लाखसम्मको कर्जा दिए पनि ठूला लगानीकर्तालाई पनि सेयर नदिनुको विकल्प छैन, अरु ब्यापार नभएकाले ठूला लगानीकर्तालाई पनि बोलाएर कर्जा दिने बेला आइसकेको छ,’ उनले भने ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बजारमा कर्जाको माग नै घटेको बताए । उनले बजारमा पैसाको मूल्य हिरा महँगो भएकाले बजारमा कर्जा लिन पटक–पटक चोटी सोच्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।
‘कर्जाको माग धेरै कम छ, आधारदर बढेपछि कर्जाको माग स्वतः घट्यो, सेयर कर्जा मात्रै होइन अन्य कर्जाको माग पनि घटेको छ, १७ प्रतिशतको ब्याजदरमा कर्जा लिएर लगानी गर्न गाह्रो छ, अहिले बजारमा कर्जा लिनलाई पटक–पटक सोच्नु पर्ने अवस्था छ,’ उनले भने, ‘ब्याजदर महँगो भयो भने बजारमा हिरा बेच्न त गाह्रो छ, अहिले पैसा हिरा जस्तै भएको छ, उच्च ब्याजमा कर्जा लिन आएका ग्राहक फर्किनु पर्ने अवस्था छैन, बैंकहरुले ८÷९ प्रतिशतमा कर्जामा दिन सक्ने स्थिती छैन, त्यहि लागतमा कर्जा लिन्छु भनेर ग्राहक आयो भने बैंकहरु दिन सक्ने अवस्थामा छन् ।’
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बैंकहरुले कर्जा प्रवाहलाई ठप्प राखेको बताए । उनले एभरेष्ट बैंकले सेयर धितो कर्जा नदिएको बताए । मर्जरमा गएका बैंकहरुलाई सीडी रेसियोमा छुट दिएका कारण उनीहरुले कर्जा दिने गरेको भएपनि अन्य बैंकहरुले भने कर्जा नदिएको खालिङको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।