logo

सेयर कारोबारमा सुधार, दोहोरो अंकले बढ्यो नेप्से

    867   पटक पढिएको


१५ कात्तिक/अर्थ र व्यापार – लामो समयपछि मंगलबार बल्ल सेयर बजारमा सुधार देखिएको छ । मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से दोहोरो अंकले बढेर कारोबार रकममा पनि उत्साह देखिएको छ ।
बजार मापन गर्ने सूचक ५६.११ अंकले बढेर परिसूचक १९३०.९९ बिन्दुमा रोकिएको छ । यो दिन २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँको सेयर कारोबार भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२८ अंकले बढेर ३८२.१४ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको हो ।
बैंकिङ समूहको २९.५४, विकास बैक १३१.२४, वित्त कम्पनी ८१.७०, जलविद्युत ८३.७३, जीवन बीमा १७३.३८, उत्पादन तथा प्रशोधन १६१.६८, माइक्रोफाइनान्स ९१.९७, निर्जीबन बीमा १८२.३४, अन्य समूहको ७०.१० र ट्रेडिङ समूहको उपसूचक ८१.४१ अंकले बढेको छ।
कारोबारमा न्यादी हाईड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि, युनियन हाईड्रो, माउन्टेन हाईड्रो नेपाल, दिव्यश्वरी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नलिब बैंक र शिवम् सिमेन्ट रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।