logo

स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स प्रक्रिया रोकियो

    1099   पटक पढिएको



१५ कात्तिक/अर्थ र व्यापार – लामो समयदेखि निकै चर्चामा रहेको स्वदेशी पुँजि बजारमा स्कट एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स वितरण गर्ने कार्य तत्कालकालागि रोकिएको छ । तोकिएको समयभित्र कुनै पनि आवेदन नै नपरी म्याद गुज्रिएका कारण नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण गर्न लागेको स्टक एक्सचेन्जको नयाँ इजाजतको च्याप्टर अहिलेका लागि स्थगित भएको हो ।
यसअघि स्टक एक्सचेन्जको नयाँ लाइसेन्स विवादको सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि तिहार अघि नै अन्तरिम अल्पकालीन आदेश जारी गरेका कारण बोर्डले नयाँ आवेदन नलिने निर्णय गरेको छ । सोमबारसम्म कुनै पनि आवेदन नपरेको अवस्थामा सोमबार नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश प्राप्त भइसकेकोले मंगलबारदेखि आवेन नै लिन नसक्ने अवस्थामा नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
यसअघि बोर्डले ४५ दिने सूचनामार्फत नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । सो म्याद मंगलबार सकिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश जारी गरिसकेको र कुनै पनि आवेदन नपरेकोले नयाँ स्टक एक्चसेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया हालका लागि रोकिएको बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डका प्रबक्ता रुपेश केसीले सर्वोच्च अदालतको अन्तरिम आदेश आइसकेकोले मंगलबारबाट नयाँ आवेदन दर्ता लगायतका कुनै पनि काम हुने जानकारी दिए । अहिलेसम्म कुनै पनि आवेदन दर्ता नभएको बोर्डले जनाएको छ । बोर्डका प्रबक्ता केसीले भने, ‘आजसम्म कुनै पनि निवेदन दर्ता भएको छैन ।’ उनले अब यस विषयमा बोर्डले नै निर्णय गर्ने र जारी प्रक्रिया हाललाई स्थगित भएको बताए ।
सोमबार सर्बोच्च अदातलको आदेश बोर्डमा आईपुगेको जानकारि गराउँदै केसीले भने, ‘आदेश आएसँगै हामीले आवेदन लिने कार्य अहिलेलाई स्थगित गरिएको हो । आगामी २२ कात्तिकमा यो विषयमा छलफलका लागि बोलाइएको छ ।’ त्यसपछि आवेदन लिने वा नलिने टुंगो लाग्ने छ ।’
बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ अनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीका लागि आवेदन खुला गरेको थियो । बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । सोही सूचना अनुसार थुप्रै कम्पनीहरुले अन्तिम दिन मंगलबार निवेदन दर्ता गर्ने योजना बनाएका थिए । सर्बोच्चको आदेशले उनीहरुको योजना समेत त्यसै तुहिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।