logo

नेप्से परिसूचक घट्नेक्रम जारि , आज १८४४.१४ बिन्दुमा , ५० करोडको सेयर कारोबार

    1216   पटक पढिएको

३ कात्तिक/अर्थ र व्यापार– बिहीबार नेप्से परिसूचक १.३८ अंकले घटेको छ। आज नेप्से ०.०७ प्रतिशतले घटेर १८४४.१४ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २२१ वटा धितोपत्रको ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। बुधबार ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले वृद्धि भएर २५९ रुपैयाँमा १० पैसामा बन्द भएको छ।
त्यस्तै, बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.३७ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य ३३६ रुपैयाँ ६० पैसा पुगेको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सेन्चुरी डिबेञ्चर २०८८ रहेको छ। कम्पनीको सेयर मूल्य ७.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८५१ रुपैयाँ ३० पैसामा झरेको छ। त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १९२ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री अभियान लघुवित्तको भएको छ। कम्पनीको ८३० रुपैयाँ २० पैसामा ३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५९ प्रतिशतले घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा गरिमा विकास बैंक रहेको छ। उक्त बैंकको ३८० रुपैयाँमा २ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.६९ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.२५ प्रतिशत र लगानी समूहको परिसूचक ०.१७ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।