logo

नेप्से परिसूचक घट्नेक्रम जारि , आज १८४४.१४ बिन्दुमा , ५० करोडको सेयर कारोबार

    873   पटक पढिएको

३ कात्तिक/अर्थ र व्यापार– बिहीबार नेप्से परिसूचक १.३८ अंकले घटेको छ। आज नेप्से ०.०७ प्रतिशतले घटेर १८४४.१४ बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन २२१ वटा धितोपत्रको ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। बुधबार ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार सयपत्री हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले वृद्धि भएर २५९ रुपैयाँमा १० पैसामा बन्द भएको छ।
त्यस्तै, बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.३७ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य ३३६ रुपैयाँ ६० पैसा पुगेको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सेन्चुरी डिबेञ्चर २०८८ रहेको छ। कम्पनीको सेयर मूल्य ७.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८५१ रुपैयाँ ३० पैसामा झरेको छ। त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ७.६७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १९२ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री अभियान लघुवित्तको भएको छ। कम्पनीको ८३० रुपैयाँ २० पैसामा ३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.५९ प्रतिशतले घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा गरिमा विकास बैंक रहेको छ। उक्त बैंकको ३८० रुपैयाँमा २ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.६९ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.२५ प्रतिशत र लगानी समूहको परिसूचक ०.१७ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।