logo

सोल्टी होटलले २६.३२ प्रतिशत लाभांश दिने

    1038   पटक पढिएको

२ कात्तिक/अर्थ र व्यापार – सोल्टी होटल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । गत आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई दिने लाभांश २६.३२ प्रस्ताव गरेको हो ।
प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको कम्पनीले हाल कायम चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
यसैगरि, कम्पनीले २१.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको ४८ औं वार्षिक साधारणसभामा पेश हुने जनाएको छ । प्रस्तावित लाभांश पारित गर्नकालागि सोल्टी होटल कम्पनीले आगामी २८ पुसमा ४८ औं वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजना लागि सो कम्पनीले आगामी ७ पुसमा सेयर दाखिला खारेज (बुक क्लोज) मिति तोकेको छ । यस आधारमा ६ पुससम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।
कोरोना महामारिको कारण व्यवसाय प्रभावित भएको भन्दै सो कम्पनीले आर्थिक वर्ष २०७५÷७६ देखि सेयधनीलाई ३ आर्थिक वर्ष लाभांश वितरण गरेको थिएन ।

राजधानीको ताहाचलस्थित पाँचतारे होटल सोल्टीले २०७८ को ३१ बैशाखदेखि अन्तर्राष्ट्रिय व्यवस्थापनसँगको सम्झौता टुंग्यिसँगै ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) सँगको व्यवस्थापनबाट बाहिरिएर‘दी सोल्टी काठमाण्डौं’को रूपमा पुर्नब्रान्डिङ्ग गरि सो होटल चलाउँदै आएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।