logo

नबिल र सेन्चुरीसहित ४६ कम्पनीले मागे ब्रोकर लाइसेन्स

    780   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – नयाँ ब्रोकर अनुमतिपत्र (लाइसेन्स) का लागि नेपाल धितोपत्र बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ । बोर्डमा एक स्टक डिलरसहित ४ पूर्णकार्य गर्ने र ४१ सीमित कार्य गर्ने कम्पनीको आवेदन परेको हो ।
स्टक डिलरको पुँजी १ अर्ब ५० करोड रुपैयाँ र पूर्णकार्य गर्ने ब्रोकरको ६० करोड र सीमित कार्य गर्ने ब्रोकरको २० करोड रुपैयाँ चुक्ता पुँजी चाहिन्छ ।
आवेदन दिने अन्तिम दिनसम्म ४६ कम्पनीले आवेदन दिएका बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ । जसमा एउटा स्टक डिलर, चारवटा फुल ब्रोकर र ४१ वटा सीमित कार्य गर्ने छन् ।’
बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार नबिल सेक्युरिटिजले स्टक डिलरका लागि आवेदन दिएको छ । यस्तै पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा स्टक मार्केट्स लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड, सनी सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेडले आवेदन दिएको बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको हो ।
संशोधित नियमावली अनुसार बोर्डले ब्रोकर कम्पनीहरुलाई तीन तहमा विभाजन गरेको छ । सोही अनुसार चुक्ता पुँजी पनि फरक छ । नयाँ ब्रोकर लाइसेन्सका लागि बोर्डमा आवेदन दिनु पूर्व नेप्सेबाट सिफारिस लिनुपर्ने छ ।
नेप्सेले सोमबार नै नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनी सिफारिस गरेको छ। तर बोर्डमा भने ४६ वटा कम्पनीको आवेदन परेको छ । हाल ब्रोकरको रुपमा कार्य गरिरहेको सनी सेक्युरिटिज सेवा थपका लागि फुल ब्रोकरका लागि आवेदन दिएको हो । जसकारण बोर्डमा आवेदन दिने कम्पनीको संख्या ४६ पुगेको केसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।