logo

नबिल र सेन्चुरीसहित ४६ कम्पनीले मागे ब्रोकर लाइसेन्स

    1039   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – नयाँ ब्रोकर अनुमतिपत्र (लाइसेन्स) का लागि नेपाल धितोपत्र बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ । बोर्डमा एक स्टक डिलरसहित ४ पूर्णकार्य गर्ने र ४१ सीमित कार्य गर्ने कम्पनीको आवेदन परेको हो ।
स्टक डिलरको पुँजी १ अर्ब ५० करोड रुपैयाँ र पूर्णकार्य गर्ने ब्रोकरको ६० करोड र सीमित कार्य गर्ने ब्रोकरको २० करोड रुपैयाँ चुक्ता पुँजी चाहिन्छ ।
आवेदन दिने अन्तिम दिनसम्म ४६ कम्पनीले आवेदन दिएका बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘बोर्डमा ४६ कम्पनीको आवेदन परेको छ । जसमा एउटा स्टक डिलर, चारवटा फुल ब्रोकर र ४१ वटा सीमित कार्य गर्ने छन् ।’
बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार नबिल सेक्युरिटिजले स्टक डिलरका लागि आवेदन दिएको छ । यस्तै पूर्ण कार्य गर्ने ब्रोकरका लागि मेगा स्टक मार्केट्स लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड, सनी सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेडले आवेदन दिएको बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको हो ।
संशोधित नियमावली अनुसार बोर्डले ब्रोकर कम्पनीहरुलाई तीन तहमा विभाजन गरेको छ । सोही अनुसार चुक्ता पुँजी पनि फरक छ । नयाँ ब्रोकर लाइसेन्सका लागि बोर्डमा आवेदन दिनु पूर्व नेप्सेबाट सिफारिस लिनुपर्ने छ ।
नेप्सेले सोमबार नै नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनी सिफारिस गरेको छ। तर बोर्डमा भने ४६ वटा कम्पनीको आवेदन परेको छ । हाल ब्रोकरको रुपमा कार्य गरिरहेको सनी सेक्युरिटिज सेवा थपका लागि फुल ब्रोकरका लागि आवेदन दिएको हो । जसकारण बोर्डमा आवेदन दिने कम्पनीको संख्या ४६ पुगेको केसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।