logo

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

    865   पटक पढिएको

२० भदौ/अर्थ र व्यापार – सोमबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ०.२२ प्रतिशतले घटेको छ । यस दिन नेप्से ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा झरेको हो ।
सोमबार १ हजार ९७८ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर १ हजार ९७३.०१ बिन्दुमा बन्द भएको हो । घटेको बजारमा १ अर्ब तलको कारोबार भएको छ ।
सोमबार नेप्से उच्च बिन्दु १ हजार ९८७ बिन्दु र न्यून १ हजार ९७० बिन्दु समातेको थियो । आज नेप्सेपरिसूचकसँगै कारोबार पनि घटेको छ । आज नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३ करोडको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन नेप्सेमा १३ करोड रुपैयाँ कारोबार घटेको छ ।

सोमबार नेप्सेमा २ सय २४ कम्पनीको २४ लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२४ कम्पनीमध्य ६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

त्यस्तै १० कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ । सोमबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको सर्वाधिक ७.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९.१८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.९३ प्रतिशत र रिडी हाइड्रोपावरको सेयरमूल्य ३.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, जलविद्युतको सेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशतले घटेको छ । सोमबार नेप्सेमा रिडि सर्वाधिक ९ करोड ९६ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख र नबिल बैंकको ४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।