logo

नयाँ स्टक एक्सचेञ्जकालागि नियमावली संशोधन मस्यौदा अर्थ मन्त्रालयमा ,चुक्ता पूँजी ३ अर्ब

    893   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जकालागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४) संशोधन प्रस्ताव स्वीकृत गरेको छ ।
गत साता नै बोर्ड सञ्चालक समितिबाट संशोधन मस्यौदा स्वीकृत भएर अर्थ मन्त्रालयमा पठाएको बोर्डको अध्यक्ष रमश हमालले बताए ।
संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यन्वयन हुनेछ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जकालागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको जनाएको छ ।
धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो ।
हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, संशोधन मस्यौदामा भने यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।
सबै काम बैंकले मात्रै गर्नु हुँदैन भन्ने कुराहरु पनि उठिरहेको छ । अहिले कार्यान्वयनमा रहेको नियमावलीमा बैंक तथा वित्तीय संस्था र धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्रै लगानी गर्न पाउने भन्ने व्यवस्था रहेको बताउँदै बोर्ड अध्यक्ष हमालले भने, ‘बैंक तथा वित्तीय संस्था नै बजारमा सुचिकृत हुने र उनीहरु नै त्यसको लगानीकर्ता हुने व्यवस्था थियो । त्यो नियमावली संशोधन गर्न आवशयक थियो । संशोधन मस्यौदामा पब्लिक अथवा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने प्रस्ताव गरीएको छ ।’
यद्यपी व्यक्तिगत लगानीकर्ताले भने लगानी गर्न नपाउनेगरी नियमावली संशोधनको लागि अर्थमन्त्रायमा पठाएको अध्यक्ष हमालले बताए । यस्तै कुनै संगठित संस्था वा कम्पनीले स्टक एक्सचेञ्जमा लगानी गर्न सक्ने सीमा भने बढाउन लागिएको उनले बताए ।
यसअघि कुनै एक कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको कूल सेयर पूँजीको १० प्रतिशत भन्दा बढी अंश ग्रहण गर्न नपाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १५ प्रतिशत बनाइएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।