logo

नयाँ स्टक एक्सचेञ्जकालागि नियमावली संशोधन मस्यौदा अर्थ मन्त्रालयमा ,चुक्ता पूँजी ३ अर्ब

    1199   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जकालागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४) संशोधन प्रस्ताव स्वीकृत गरेको छ ।
गत साता नै बोर्ड सञ्चालक समितिबाट संशोधन मस्यौदा स्वीकृत भएर अर्थ मन्त्रालयमा पठाएको बोर्डको अध्यक्ष रमश हमालले बताए ।
संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यन्वयन हुनेछ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जकालागि न्युनतम चुक्ता पूँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधनको लागि पठाएको जनाएको छ ।
धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो ।
हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, संशोधन मस्यौदामा भने यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।
सबै काम बैंकले मात्रै गर्नु हुँदैन भन्ने कुराहरु पनि उठिरहेको छ । अहिले कार्यान्वयनमा रहेको नियमावलीमा बैंक तथा वित्तीय संस्था र धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्रै लगानी गर्न पाउने भन्ने व्यवस्था रहेको बताउँदै बोर्ड अध्यक्ष हमालले भने, ‘बैंक तथा वित्तीय संस्था नै बजारमा सुचिकृत हुने र उनीहरु नै त्यसको लगानीकर्ता हुने व्यवस्था थियो । त्यो नियमावली संशोधन गर्न आवशयक थियो । संशोधन मस्यौदामा पब्लिक अथवा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने प्रस्ताव गरीएको छ ।’
यद्यपी व्यक्तिगत लगानीकर्ताले भने लगानी गर्न नपाउनेगरी नियमावली संशोधनको लागि अर्थमन्त्रायमा पठाएको अध्यक्ष हमालले बताए । यस्तै कुनै संगठित संस्था वा कम्पनीले स्टक एक्सचेञ्जमा लगानी गर्न सक्ने सीमा भने बढाउन लागिएको उनले बताए ।
यसअघि कुनै एक कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको कूल सेयर पूँजीको १० प्रतिशत भन्दा बढी अंश ग्रहण गर्न नपाउने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १५ प्रतिशत बनाइएको बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।