logo

विस्तारै उकालो लागेको नेप्सेमा सामान्य सुधार

    931   पटक पढिएको

१४ भदौ/अर्थ र व्यापार – साताको पहिलो दिनदेखि नै विस्तारै उकालो लागेको नेप्सेमा लगातार दोस्रो र तेस्रो कारोबार दिन पनि सामान्य सुधार देखिएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको हो । यसअघि लगातार तीन कारोबार दिनसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ वृद्धि भएको थियो । मंगलबार पनि नेप्से २.१९ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९९५.२१ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी र बीमा उपसूचकमा गिरावट हुँदा विकास बैंक, लघुवित्त, उत्पादनमुलक लगायत उपसूचक भने बढेको छ ।
नेप्सेमा सुधार भए पनि कारोबार रकम भने घटेको छ । मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ ।
सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार हुँदा आइतबार २ अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ५७ लाख ७२ हजारको सेयर किनबेच भएको छ । यस्तै ८८ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड ३९ लाख १ हजारको कारोबार भएको छ ।
मंगलबार कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।
जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि हुँदा नबिल ब्यालेन्स फण्ड ३ को इकाइ मूल्य ५.३२ प्रतिशतन र ग्लोबल आईएमई समुन्नती स्किम १ को इकाइमूल्य ३.४९ प्रतिशतले बढेको छ।
यता वीन नेपाल लघुवित्त कम्पनीको सेयर मूल्य ४.७७ प्रतिशतले गिरावट भएको छ । यस्तै एनआईसी एशिया ग्रोथ फण्डको इकाइ मूल्य ४.०३ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।