logo

४५ अंकले घट्यो नेप्से

    811   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार– यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ । भदौ ५ गते आइतबारदेखि भदौ १० शुक्रबारसम्मको ६ दिनको अवधिमा नेप्से ४५.६४ अंकले घटेको हो ।
साता साताको अन्त्यमा २०६८.२६ को बिन्दुमा रहेको नेप्से सूचक यस साताको अन्त्यसम्म आईपुग्दा ४५.६४ अंकले घटेर २०२२.६२ को बिन्दुमा पुगेर रोकिएको छ । यस साता कुल ६ दिन शेयर कारोबार भएकोमा २ दिन बजार हरियो रहेर बन्द भयो भने बाँकि दिन बजार रातो भएर बन्द भयो ।
गत आइतबार नेप्से सूचक ७.७२ अंकले घटेको थियो भने सोमबार सूचक ७.४१ अंकले घट्यो । मंगलबार सूचक १.८५ अंकले बढ्यो भने बुधबार २.८६ अंकले बढ्यो । त्यस्तै बिहिबार सूचक १८.३० अंकले घट्यो भने साताको अन्तिम दिन शुक्रबार सूचक १६.९३ अंकले घट्यो ।
यस साता भर कुल ९ अर्ब ६४ करोड ५४ लाख ३० हजारको कारोबार भएको छ । आइतबार २ अर्ब ४ करोड, सोमबार १ अर्ब ७२ करोड, मंगलबार १ अर्ब ३३ करोड, बुधबार १ अर्ब ५२ करोड, बिहिबार १ अर्ब ७२ करोड र शुक्रबार १ अर्ब २९ करोडको कारोबार भएको छ ।
यस साता नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ९७ लाख कित्ता बढी संस्थापक शेयर सुचिकृत भएको छ । कम्पनीले लिलाममा ल्याएको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।
यस साता एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन् । एनआईबिएल सहभागिता फण्डले कर सहित ७.२०% र एनआईबिआले प्रगति फण्डले कर सहित ४.२० % प्रतिशत लाभांश घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।