logo

१८ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा

    1185   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार – सेयर बजार सूचक मापक नेप्से बिहीबार ०.८९ प्रतिशत अर्थात १८.२९ अंकले घटेर २०३९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले घटेर ३९४.५१ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचक घटेपछि समग्र बजार घटेको हो । आज २१९ कम्पनीको ४२ लाख ३४ हजार ११७ कित्ता सेयर ३२ हजार ९४४ वटा संख्यामा खरिद बिक्री भएको छ ।
बजार घटेपनि आन कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५२ करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम १९ करोड रुपैयाँले बढेको हो । आज कूल १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार दोहोरो अंकले नेप्से घटेपछि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश सिजन सुरु हुने यस समयमा बजार घट्दा लगानीकर्ताहरु भोलिका दिन बजार कता जाला भन्ने औन्यलता सिर्जना हुँदा ‘पर्ख र हेर’ को अवस्थामा रहेका हुन् ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहगत सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य २.२२ प्रतिशत घटेको छ । फाइनान्स २.०७ प्रतिशतले घट्दा जलविद्युत, विकास बैंक, होटल तथा पर्यटनमुलक र ब्यापार सूचक १ प्रतिशत बढीले घटेको छ ।
बिहीबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको संस्थापक सेयरको लकइन पिरियड सकिएपछि कारोबार रकममा उछाल आएको हो । बिहीबार कम्पनीको ११ करोड २४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै रिडी हाइड्रोपावर। नेष्डो समृद्ध लघुवित्त, अरुण काबेली पावर, राधी जलविद्युत कम्पनी, अपि पावर, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, जाल्पा लघुवित्त र नबिल बैंक शीर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको ३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३६४.४० रूपैयाँ पुगेको छ । रुरु जलविद्युत कम्पनीको ८.९३ प्रतिशत र नेष्डो समृद्धिको २ प्रतिशतले मूल्य बढेको छ ।
बिहीबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.८२ प्रतिशतले घटेर ४६९ रूपैयाँमा झरेको छ । यस्तै मल्टिपर्पस फाइनान्स ४.२७, खानीखोला हाइड्रोपावर ४.१८ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य ४.०९ प्रतिशतले घटेको छ ।
दोर्दीखोला जलविद्युत, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, रिभर फल्स पावर, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग र ओरियन्टल होटलको सेयरमूल्य साढे ३ प्रतिशत बढीले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।