logo

१८ अंकले घट्यो नेप्से, लगानीकर्ता अझै ‘पर्ख र हेर’ को अवस्थामा

    908   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार – सेयर बजार सूचक मापक नेप्से बिहीबार ०.८९ प्रतिशत अर्थात १८.२९ अंकले घटेर २०३९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७८ अंकले घटेर ३९४.५१ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचक घटेपछि समग्र बजार घटेको हो । आज २१९ कम्पनीको ४२ लाख ३४ हजार ११७ कित्ता सेयर ३२ हजार ९४४ वटा संख्यामा खरिद बिक्री भएको छ ।
बजार घटेपनि आन कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५२ करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम १९ करोड रुपैयाँले बढेको हो । आज कूल १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार दोहोरो अंकले नेप्से घटेपछि लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश सिजन सुरु हुने यस समयमा बजार घट्दा लगानीकर्ताहरु भोलिका दिन बजार कता जाला भन्ने औन्यलता सिर्जना हुँदा ‘पर्ख र हेर’ को अवस्थामा रहेका हुन् ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहगत सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य २.२२ प्रतिशत घटेको छ । फाइनान्स २.०७ प्रतिशतले घट्दा जलविद्युत, विकास बैंक, होटल तथा पर्यटनमुलक र ब्यापार सूचक १ प्रतिशत बढीले घटेको छ ।
बिहीबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको संस्थापक सेयरको लकइन पिरियड सकिएपछि कारोबार रकममा उछाल आएको हो । बिहीबार कम्पनीको ११ करोड २४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै रिडी हाइड्रोपावर। नेष्डो समृद्ध लघुवित्त, अरुण काबेली पावर, राधी जलविद्युत कम्पनी, अपि पावर, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, जाल्पा लघुवित्त र नबिल बैंक शीर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको ३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३६४.४० रूपैयाँ पुगेको छ । रुरु जलविद्युत कम्पनीको ८.९३ प्रतिशत र नेष्डो समृद्धिको २ प्रतिशतले मूल्य बढेको छ ।
बिहीबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.८२ प्रतिशतले घटेर ४६९ रूपैयाँमा झरेको छ । यस्तै मल्टिपर्पस फाइनान्स ४.२७, खानीखोला हाइड्रोपावर ४.१८ र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य ४.०९ प्रतिशतले घटेको छ ।
दोर्दीखोला जलविद्युत, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, रिभर फल्स पावर, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग र ओरियन्टल होटलको सेयरमूल्य साढे ३ प्रतिशत बढीले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।