logo

अपर तामाकोसीको हकप्रद सेयर निष्कासन प्रस्ताव पारित, १० अर्ब ५९ करोडको आउने

    892   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – अपर तामाकोसी हाइड्रोपावरको चौधौं वार्षिक साधारणसभा भएको छ । कम्पनीको शुक्रबार सम्पन्न सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
अब यस कम्पनीले १० अर्ब ५९ करोेड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले हकप्रद निष्कासन गरेको पैसाले रोलवालिङ आयोजनामा लगानी गर्ने भएको हो ।
आयोजनाले सुक्खायामको लागि रोलवालिङ आयोजनामार्फत १२० मेगावाट विद्युत उत्पादन बढाउने जनाएको छ । सुक्खायाममा विद्युत उत्पादन क्षमता घट्ने हुँदा उत्पादन घट्न नदिन रोलविलिङ आयोजनाको निर्माण गरिने भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले १ः१ अनुपाातमा हकप्रद सेयर निष्कासन गरेपश्चात कम्पनीको पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुँजी पुग्नेछ ।
यसैगरि, सभाले लेखापरीक्षणको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरेको छ ।
लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७०/०७२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह ’ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकहरूको निर्वाचनमार्फत नियुक्त भएका छन् ।
आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक वर्ष २०७७/७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा सञ्चालक समितिको बैठक भत्ता ५ हजार पुर्याउने प्रस्ताव पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।