logo

बोर्डले तयार पार्यो सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’

    831   पटक पढिएको

२६ साउन/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ ।
बोर्डका अनुसार सेयर रोक्का सम्बन्धी निर्देशिका तयार भएर अब त्यसको अन्तिम रुप दिन बाँकी छ । बोर्डका प्रवक्ता रुपेश केशीका अनुसार मर्जर तथा प्राप्तिको समयमा हुने सेयर कारोबार रोक्काको बारेमा बन्न लागेको नयाँ निदेशिका अन्तिम चरणमा पुगेको बताए ।
‘हाम्रो टोलीले यसमा काम गरिरहेको छ, अब फाइनलाइज्ड गर्ने क्रममा छौं,’ उनले भने । तर, यसलाई लागू गर्नुभन्दा अघि विज्ञ लगानीकर्ताको राय सुझाव लिने तयारीमा पनि बोर्ड रहेको छ ।
‘अब कारोबार कति दिन रोक्का गर्ने, कहिलेदेखि खुला गर्ने भन्नु भन्दा पनि यता लगानीकर्तालाई अफ्ठ्यारो पनि नपरोस्, कारोबार खोल्दा लगानीकर्तालाई भोलि मर्का पनि नपरोस् भन्ने हिसावले उहाँहरुसँग राय सुझाव लिने क्रममा छौं,’ उनले भने ।
बोर्डका अध्यक्ष रमेश कुमार हमालले भनेको समयमा भने बोर्डले सो निर्देशिका ल्याउन सकेन । अध्यक्ष हमालले गत १२ साउनमा बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्का सम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताएका थिए ।
‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, दुई सातामा लागू गर्छौं, यसमा विभिन्न विषयहरु हेर्नुपर्ने भएकाले यसमा हतार गर्नु हुँदैन,’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भनेका थिए ।
हाल निर्देशिका अन्तिम चरणमा रहेको भनिएपनि अब लगानीकर्ताहरुसँग राय सुझाव लिने भएपछि थप समय लम्बिने बुझिन्छ । तर, बोर्डका प्रवक्ता भने त्यति लामो समय नलाग्ने बताउँछन् ।
‘अब चाँडै नै हामीले हाम्रो भर्सनमा लगानीकर्ताको राय सुझाव लिन्छौं, सम्भवत ५÷७ दिनमा उहाँहरुबाट सुझाव आउला, राम्रो सुझाव आयो भने त्यसलाई एड्रेस गरेर अघि बढ्छौं, धेरै समय नलाग्ला,’ उनले भने ।
लगानीकर्तासँग सम्बन्धित नै विषय भएको हुनाले अहिले हतारमा ल्याउनु भन्दा दीर्घकालसम्म लगानीकर्ताको हित हुने हिसाबले ल्याउँदा सबै सरोकारवालाहरुलाई फाइदा हुने उनको भनाइ छ ।
यो विषयमा लगानीकर्तासँग राय सुझाव लिने भनेको बोर्डले हालसम्म कुन मोडालिटीबाट सुझाव लिने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन । सम्भवतः कुनै कार्यक्रम मार्फतभन्दा पनि सूचना निकालेरै लगानीकर्ताबाट सुझाव लिने सम्भावना धेरै रहेको प्रवक्ता केशी बताउँछन् ।
अध्यक्ष हमालले पनि अब केही दिनभित्रै निर्देशिका जारी हुने बताए । अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारी भइरहेको बताउँदै उनले २÷३ दिनभित्रै निर्देशिका सार्वजनिक हुने बताए ।
‘अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारीमा छौं, भोलि वा पर्सी सर्वसाधारणको सुझावको लागि निर्देशिकाको ड्राफ्ट सार्वजनिक गर्छौं, उहाँहरुको सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिन्छौं’ उनले भने ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै त्यसको सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो ।
‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै बोर्डले सेयर कारोबार रोक्का सम्बन्धीको टोली बनाएको हो । जसमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।