logo

नेप्से परिसूचकसँगै कारोबार रकम घट्यो

    1099   पटक पढिएको

२५ साउन/अर्थ र व्यापार – साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५.११ अंकले घटेर २ हजार ५७.६८ बिन्दुमा झरेको छ ।
बुधबार २ हजार ६४ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर २०५७.६८ बिन्दुमा झरेर बन्द भएको छ। उच्च अंकले घटेको बजारमा करिब दुई अर्बको कारोबार भएको छ ।
बुधबार नेप्से उच्च २ हजार ७४ बिन्दु र न्यून २ हजार ४२ बिन्दुमा झरेको थियो । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार नेप्सेमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा २ अर्ब ७४ करोडको कारोबार भएको थियो । यो साता नेप्से परिसूचक निरन्तर घटेको छ।
अघिल्लो साता २११३ बिन्दुमा बन्द भएको नेप्से यो साता चार कारोबार दिनमा ६७ अंकले घटेको छ । बुधबार नेप्सेमा २ सय १८ कम्पनीको ४६ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
बुधबार नेप्से कारोबारमा आएका २१८ कम्पनीमध्ये ५६ कम्पनीको सेयरमूल्य बढेको छ भने ११९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । अन्य ७ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ । नेप्सेमा हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, युनिलिभर नेपालको ४.३० प्रतिशतले सेयरमूल्य बढेको छ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ९.९९ प्रतिशत र हिमालयन पावर पाटर्नर कम्पनीको ३.७२ प्रतिशतले सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा नागरीक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, शिवम सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।