logo

सेयर कारोबार घट्यो

    915   पटक पढिएको

२४ साउन/अर्थ र व्यापार – सरकारले आगामी ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले सेयर बजारमा उतारचढाव भइरहेको छ । एकदिन बढ्ने अर्काे दिन घट्ने वा एक दिन घट्ने अर्काे दिन बढ्ने गरी सेयर बजारमा उतारचढाप देखिएको छ । नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेपछि केही दिन हरियाली भएको सेयर बजारमा पुनः राताम्य छाउन थालेको छ ।
यसअघि दोहोरो अंकले सामान्य घटेको सेयर बजार मंगलबार राताम्य छाएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक १७ अंक बढीले घटेको थियो ।
पछिल्लो समय वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइरहेकाले पनि बजारमा त्यसको प्रभाव परेको सेयर जानकार बताउँछन् । लगानीकर्तालाई चित्त बुझ्दो वित्तीय विवरण नआउँदा सेयर बजार घटेको हुन सक्ने विज्ञहरुले बताएका छन् ।
मंगलबार दिनभरिमा २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर ४६ हजार २८९ पटक किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सोमबार २ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार बैंकिङ्ग समूह १.३ प्रतिशत, ट्रेडिङ्ग समूह ३.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.२२ प्रतिशत, विकास बैंक समूह ३.२८ प्रतिशत, हाइड्रोपावर समूह ३.०६ प्रतिशत, फाइनान्स समूह ३.३७ प्रतिशत, निर्जीवन बीमा समूह १.४७ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.२९ प्रतिशत, अन्य समूह ४.८४ प्रतिशत, माइक्रोफाइनान्स समूह २.६३ प्रतिशत, जीवन बीमा समूह १.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९५ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.०३ प्रतिशत घटेको छ ।
मंगलबार हिमालयन हाइड्रोपावर समूह ९.९७ प्रतिशत, गुराँस लघुवित्त ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, गढणपति लघुवित्त ७.२७ प्रतिशत, घलेम्दी हाइड्रो ६.६८ प्रतिशत सेयर मूल्य घटेको छ ।
यता दिनभरिमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको १५ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नबिल बैंकको १ हजार ८१६ पटक र शिवम् सिमेन्टको १ हजार ५७४ पटक सेयर किनबेच भएको छ । एनसीसी बैंकको २ लाख २६ हजार १३४ कित्ता सेयर, एचआईडिसीएलको २ लाख १९ हजार ३८० कित्ता, अपि पावरको २ लाख ३ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।