logo

सेयर कारोबार घट्यो

    1185   पटक पढिएको

२४ साउन/अर्थ र व्यापार – सरकारले आगामी ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले सेयर बजारमा उतारचढाव भइरहेको छ । एकदिन बढ्ने अर्काे दिन घट्ने वा एक दिन घट्ने अर्काे दिन बढ्ने गरी सेयर बजारमा उतारचढाप देखिएको छ । नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेपछि केही दिन हरियाली भएको सेयर बजारमा पुनः राताम्य छाउन थालेको छ ।
यसअघि दोहोरो अंकले सामान्य घटेको सेयर बजार मंगलबार राताम्य छाएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक १७ अंक बढीले घटेको थियो ।
पछिल्लो समय वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइरहेकाले पनि बजारमा त्यसको प्रभाव परेको सेयर जानकार बताउँछन् । लगानीकर्तालाई चित्त बुझ्दो वित्तीय विवरण नआउँदा सेयर बजार घटेको हुन सक्ने विज्ञहरुले बताएका छन् ।
मंगलबार दिनभरिमा २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर ४६ हजार २८९ पटक किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सोमबार २ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार बैंकिङ्ग समूह १.३ प्रतिशत, ट्रेडिङ्ग समूह ३.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.२२ प्रतिशत, विकास बैंक समूह ३.२८ प्रतिशत, हाइड्रोपावर समूह ३.०६ प्रतिशत, फाइनान्स समूह ३.३७ प्रतिशत, निर्जीवन बीमा समूह १.४७ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.२९ प्रतिशत, अन्य समूह ४.८४ प्रतिशत, माइक्रोफाइनान्स समूह २.६३ प्रतिशत, जीवन बीमा समूह १.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९५ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.०३ प्रतिशत घटेको छ ।
मंगलबार हिमालयन हाइड्रोपावर समूह ९.९७ प्रतिशत, गुराँस लघुवित्त ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, गढणपति लघुवित्त ७.२७ प्रतिशत, घलेम्दी हाइड्रो ६.६८ प्रतिशत सेयर मूल्य घटेको छ ।
यता दिनभरिमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको १५ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नबिल बैंकको १ हजार ८१६ पटक र शिवम् सिमेन्टको १ हजार ५७४ पटक सेयर किनबेच भएको छ । एनसीसी बैंकको २ लाख २६ हजार १३४ कित्ता सेयर, एचआईडिसीएलको २ लाख १९ हजार ३८० कित्ता, अपि पावरको २ लाख ३ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।