logo

धौलागिरी लघुवित्तको आईपीओ २४ साउनबाट बिक्रीमा आउने

    994   पटक पढिएको

१६ साउन/ अर्थ र व्यापार – बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी आईपीओ निश्कासन गर्ने भएको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ८ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल ७ करोड रुपैयाँ रहेको धौलागिरी लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँडपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपौँया हुन आउँछ ।
कम्पनीको संचित नाफा समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।
राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ ।
जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १ अर्ब ४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८÷०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।