logo

सेयर बजारमा उकालो यात्रा कायमै,आज पनि दोहोरो अंकले बढ्यो नेप्से

    1237   पटक पढिएको

१३ साउन/ अर्थ र व्यापार – सेयर बजारमा उकालो यात्रा कायमै रहेसँगै साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।
शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ । विकास बैंक उपसूचक ४.६१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ४.२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक ०.८२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।
दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।
शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य २.५६ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।