logo

आशा लघुवित्तले कमायो १२ करोड नाफा

    831   पटक पढिएको

१३ साउन/अर्थ र व्यापार – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४४ प्रतिशत घटी हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा संस्थाले १२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाले २५ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत अघिल्लो आवको तुलनामा एक करोड ५५ लाख रुपैयाँ घटी हो । संस्थाले अघिल्लो आर्थिक वर्षमा २६ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सो अवधिमा लघुिवत्तको सञ्चालन नाफा १९ करोड ४८ लाख रुपैयाँबाट घटेर १७ करोड ५४ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन १ अर्ब २८ करोड रुपैयाँबाट बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी ३ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
हाल ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषको रकम बढेर २१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) ३७.०१ रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ १६५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५१४ रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको कष्ट अफ फण्ड बढेर ११.०५ प्रतिशत र निष्कृय कर्जा घटेर २.९२ प्रतिशतमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।