logo

सेयर कारोबारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्यो

    1069   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९/८० का लागि धितोपत्र नीति सार्वजनिक गर्ने दिन बिहीबारको सेयर बजारमा उत्साह छाएको छ । लगानीकर्ताबीच पूँजिबजार मैत्री नीतिको अपेक्षाले बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसैगरि, कारोबार रकम पनि बढेर झण्डै ५ अर्ब रुपैयाँ पुगेको छ ।
धितोपत्र बोर्डले पुँजीबजार मैत्री नीति ल्याउने अपेक्षामा रहेका लगानीकर्ता बजार प्रवेश गर्दा सेयरको भाउ र कारोबारमा सुधार आएको हो ।
बोर्डले पुँजी बजारको विस्तार र विकासका लागि बजार सुधारसहितका कार्ययोजना ल्याउने आँकलनले सेयर बजार सकारात्मक भएर यस्तो उत्साहजनक देखिएको हो ।
बिहीबार नेप्से सूचक परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको छ । यसदिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ३ अर्ब १६ करोड १४ लाख बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ । विकास बैंक,फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन्। बिहीबारको बजारमा कारोबार आएका कम्पनीमध्ये १२५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४६ वटाको घटेको छ ।
९ कम्पनीको स्थिर रहेको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
यसैगरि, राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको सेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै करिब १८ करोडको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।