logo

मौद्रिक नीतिले सेयर बजारमा हरियाली

    904   पटक पढिएको

८ साउन/अर्थ र व्यापार – मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।
आइतबार नेप्से ६१.०५ अंक (३.०३ प्रतिशत) ले वृद्धि भएर २०७८.५१ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचककमा हरीयाली हुँदा कारोबार रकम पनि बढेको छ । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक ७.२२ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ५.१० प्रतिशले बढेको छ ।
यस्तै हाइड्रोपावर, लघुवित्त अन्य र व्यापार क्षेत्रका कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा उच्च वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर आइतबार बजारमा २ अर्ब ७३ करोड ९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ३९ करोड ७१ लाखको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८३ लाखको कारोबार भएको छ ।
कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १७९ कम्पनीको सेयरमूल्य बढेको छ । एक कम्पनीको मात्रै सेयरमूल्यमा गिरावट भएको छ । युनिलिभर नेपालको सेयरमूल्य ०.३८ प्रतिशतले गिरावट हुँदा ३ वटा कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोस फाइनान्सको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको हो । राष्ट्र बैंकले २५ लाखसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जौमा जोखिम भार घटाउनुको साथै कर्जाको प्रति बैंक ४ करोडको सीमा हटाउँदा लगानीकर्ताले त्यसलाई सकारात्क रुपमा लिएका छन् । जसले सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कजामा प्रतिव्यक्ति एक बैंकबाट अधिकतम ४ करोडको सिमा हटाएर प्रतिव्यक्ति १२ करोडको सीमा मात्रै कायम गर्ने बताएको छ ।
त्यस्तै २५ लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गर्ने बताएको छ । उक्त नीतले राष्ट्र बैंक सेयर बजारप्रति सकारातमक छ भनने सन्देश भएकोले सेयर लगानीकर्ताको मनोविज्ञान पोजेटिभ भएको बजारका जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।