logo

पूँजीबजारमैत्री मौद्रिकनीति आउने अपेक्षामा लगानीकर्ता,नेप्से परिसूचकसँगै कारोबार रकम बढयो

    1098   पटक पढिएको

३ साउन /अर्थ र व्यापार – पूँजीबजारमैत्री मौद्रिकनीति आउने अपेक्षामा लगानीकर्ता रहेसँगै अहिले सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १६ दशमलव २७ अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक बढेर २ हजार ४५ दशमलव ६९ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २१३ ओटा धितोपत्रको ५७ लाख १३ हजार २४८ कित्ता शेयर ३७ हजार ९७२ पटकमा रू. २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मा खरीदविक्री भएको छ ।
नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको नयाँ शेयर ब्रोकर लाइसेन्सको प्रस्तावले समेत बजारलाई छुट्टै सकारात्मक दिशा प्रदान गरिरहेको सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन् ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा धितोपत्र बोर्डद्वारा गठित कार्यदलले हालको ब्रोकर कमिसन घटाउन सिफारिस गरेसँगै बजारमा सकारात्मक प्रभाव परेको उनीहरुको विश्लेषण छ ।
हाल आगामी मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याउनेमा लगानीकर्ता आशावादी भएकाले पनि लगातार ७ दिनदेखि सेयर बजार बढेको सम्बन्धीत सरोकारवालाहरुको अनुमान छ ।
मंगलबार सेयर कारोबारमा आएका २१३ ओटा धितोपत्र मध्ये इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको छ । सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ । यसैगरी, दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ९४ प्रतिशत वृद्धि भएर ९८० रुपैइाँ पुगेको छ ।
मंगलवार सबैभन्दा बढी सिभिल बैंक डिबेञ्चर २०८८ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७५ प्रतिशतले घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता ९२२ रुपैयाँ ५० पैसामा झरेको हो । त्यसैगरी दोस्रोमा १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷ ८१ नामक ऋणपत्रको मूल्य ५ दशमलव ७० प्रतिशत घटेर ९४३ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको हो । सो कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७८४ दशमलव ६० कायम भएको छ ।
त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एभरेष्ट बैंकको १० करोड ५ लाख रुपैयाँ बराबरको भएको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचक समग्र समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो । १३ वटा समूहगत परिसूचकमध्ये सबैभन्दा बढी वित्त समूहको २ दशमलव ७० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।