logo

पूँजीबजारमैत्री मौद्रिकनीति आउने अपेक्षामा लगानीकर्ता,नेप्से परिसूचकसँगै कारोबार रकम बढयो

    971   पटक पढिएको

३ साउन /अर्थ र व्यापार – पूँजीबजारमैत्री मौद्रिकनीति आउने अपेक्षामा लगानीकर्ता रहेसँगै अहिले सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १६ दशमलव २७ अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक बढेर २ हजार ४५ दशमलव ६९ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २१३ ओटा धितोपत्रको ५७ लाख १३ हजार २४८ कित्ता शेयर ३७ हजार ९७२ पटकमा रू. २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मा खरीदविक्री भएको छ ।
नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको नयाँ शेयर ब्रोकर लाइसेन्सको प्रस्तावले समेत बजारलाई छुट्टै सकारात्मक दिशा प्रदान गरिरहेको सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन् ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा धितोपत्र बोर्डद्वारा गठित कार्यदलले हालको ब्रोकर कमिसन घटाउन सिफारिस गरेसँगै बजारमा सकारात्मक प्रभाव परेको उनीहरुको विश्लेषण छ ।
हाल आगामी मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री मौद्रिक नीति ल्याउनेमा लगानीकर्ता आशावादी भएकाले पनि लगातार ७ दिनदेखि सेयर बजार बढेको सम्बन्धीत सरोकारवालाहरुको अनुमान छ ।
मंगलबार सेयर कारोबारमा आएका २१३ ओटा धितोपत्र मध्ये इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८ दशमलव शून्य १ प्रतिशतले वृद्धि भएको छ । सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ । यसैगरी, दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ९४ प्रतिशत वृद्धि भएर ९८० रुपैइाँ पुगेको छ ।
मंगलवार सबैभन्दा बढी सिभिल बैंक डिबेञ्चर २०८८ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७५ प्रतिशतले घटेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता ९२२ रुपैयाँ ५० पैसामा झरेको हो । त्यसैगरी दोस्रोमा १० दशमलव २५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८०÷ ८१ नामक ऋणपत्रको मूल्य ५ दशमलव ७० प्रतिशत घटेर ९४३ रुपैयाँ कायम भएको छ ।
आज सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको हो । सो कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७८४ दशमलव ६० कायम भएको छ ।
त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एभरेष्ट बैंकको १० करोड ५ लाख रुपैयाँ बराबरको भएको छ ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचक समग्र समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो । १३ वटा समूहगत परिसूचकमध्ये सबैभन्दा बढी वित्त समूहको २ दशमलव ७० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।