logo

आज दोहोरो अंकले बढ्यो नेप्से

    1637   पटक पढिएको


२८ असार/अर्थ र व्यापार – यो साताको २ दिन लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । मंगलबार बहानै देखि उत्तारचढाव गरिरहको नेप्से परिसुचक अन्तिम समयमा ११.६८ अंकले बढ्दै १९ सय २७ को विन्दुमा पुगर रोकिएको हो ।
आज सबैजसो समुहको परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी अंकले उकालो लाग्नेमा निर्जीवन बीमा समुह र उत्पादनमुलक समुहका परिसुचक छन् ।
आज निर्जीवन बीमा समुहको परिसुचक ७४ अंकले उकालो लाग्दा उत्पादनमुलक समुहको परिसुचकमा ६५ अंकको वृद्धि देखिन्छ ।
यसैगरि,मंगलबार जलविद्युत समुहको परिसुचक ३०, विकास बैंक समुहको परिसुचक २६, होटल तथा पर्यटन समुहको परिसुचक ४१ र व्यापार समुहको परिसुचक २६ अंकले उकालो लागेको नेप्सेले जानकारी दिएको छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार ४ अंकको वृद्धि देखिन्छ ।
मंगलबार दिनभर २ सय २६ कम्पनीका ३९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ पुगेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।