logo

सेयर कारोबारमा पहिरो,नेप्से परिसूचक ४५.२५ अंकले घट्यो

लगानीकर्ता थप घाटा बेहोर्नुभन्दा भएको बेच्दै उम्किने दाउमा

    1244   पटक पढिएको

९ असार/अर्थ र व्यापार – सेयर बजारमा पहिरो गएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४५.२५ अंकले ओरालो लागेर पहिरो गएको हो ।
बिहीबार बिहान कारोबार समयदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा उच्च अंकले घटेको छ । बिहीबार दिनभर २ सय ३७ कम्पनीका ५० लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ पुगेको हो ।
बिहीबार समुहगत सुचक हेर्दा सबै समुहका परिसुचक ओरालो लागेपनि सबैभन्दा बढी गिरावट भने निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १४३ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक २१८ अंकले ओरालो लागेको छ ।
यसैगरि, आज जलविद्युत समुहको परिसुचक ८६, वित्त ४७, विकास बैंक ११९ र लघुवित्त १०९ अंकले घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक २१ अंकले ओरालो लागेको छ । आज बजार राताम्य भएपनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
केही दिन अघि एक दिनको वृद्धिपछि सेयर बजारले लगत्तै पछ्याउने गरेको गिरावट बिहीबारको कारोबारमा झन बढी गिरावट देखिएको हो । नेप्से परिसूचक यसरी भारि अंकको गिरावट लिँदै ओर्लिएपछि लगानीकर्ता थप घाटा बेहोर्नुभन्दा भएको बेच्दै उम्किने दाउमा लागेका छन । अहिले लगानीकर्ताबीच जतिसक्दो छिटो थप घाटाबाट बच्न धमाधम आफ्नो सेयर बिक्री गर्न लागिरहेको देखिएको छ । एकैदिन यतिधेरै गिरावट आएपछि अहिले लगानीकर्ता निकै अतालिएका छन ।
हिजो बुधबारको गिरावटलाई पनि मध्यनजर गर्ने हो भने ७६ अंकको संकुचन पछिल्लो दुई कारोबारमा देखिन्छ । तीन दिनदेखि लगातार घटेको सेयर बजारले मंगलबार भने करिब ४० अंकको छलाङ लिएको थियो । तर, खुलेको अर्को दिन मै सेयर बजारले वृद्धिको शतप्रतिशत अंश गुमाएको छ । सोहि गिरावट बिहिबारको बजारले पछ्याएको हो ।
आज तीन वर्षपछि कारोबार सुचारु भएको आँधीखोला लघुवित्तका लगानीकर्ता सर्वाधिक कमाउने मध्येमा परेका छन । लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। पछिल्लो आठ कारोबार दिन देखि प्रमुख सेयर बजार घट्दा समेत लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहिबार सकारात्मक सर्किट लागेको सीवाईसी लघुवित्तका सेयर लगानीकर्ता पनि हुन् । शिवश्री हाइड्रोको सेयर मूल्य भने झन्डै नकारात्मक सर्किटका साथ घटेको छ । बिहिबार सर्वाधिक गुमाएका पनि शिवश्री हाइड्रो कै लगानीकर्ता हुन् । लिबर्टी इनर्जीको सेयर मूल्य पनि झन्डै साढे ९ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।