logo

झन ओरालो लाग्यो सेयर बजार, परिसुचक ३१ अंकले घट्यो

    953   पटक पढिएको

८ असार/अर्थ र व्यापार– मंगलबार एकाएक उच्च अंकले उकालो लागेको सेयर बजार पुनः बुधबार अझै घटेको छ । बुधबार बिहानैदेखि ओरालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक कारोबारको अन्तिम समयमा ३१.२१ अंकले घटेर बन्द भएको हो ।
मंगलबार १९ सयको विन्दु पार गरिसकेको सेयर बुधार पुनः झरेर १८९३ को विन्दुमा पुगेको हो ।

बुधबार कारोबार समय भर २ सय २९ कम्पनीका ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने जम्मा ८४ करोड ३७ लाख ७३ हजार रुपैयाँमा सिमित भएको छ । समग्र बजार घट्दा पनि बुधबार ग्लोबल आईएमई समुन्नत स्किम र आँधीखोला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार बजारमा कारोबार भएका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्य सबैभन्दा बढी गिरावट निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज निर्जीवन बीमा समुहको परिसुचकमा १५५ अंकको गिरावट आउँदा जीवन बीमा समुहको परिसुचकमा १३२ अंकको गिरावट देखिन्छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज १६ अंकको गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।