logo

धितोपत्र कारोबार सञ्चालन विनियमावली पारित

    1028   पटक पढिएको

२ असार/अर्थ र व्यापार – नेपाल स्टक एक्सेचेन्ज –नेप्से) ले धितापत्र कारोबार सञ्चालन विनियमावाली ‘२०७९’ स्वीकृत गरेको छ । नेप्सेले धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन पारित गरेको हो ।
नेप्सेको गत साता बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो । नेप्सेले संसोधन गरेको विनियमावाली अनुसार अब धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आफैले बनाउन सक्ने गरी संसोधन भएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलले जानकारी दिए ।
यसअघि नेप्सेले बनाउँदै आउको टीएमएस यो संसोधन पछि ब्रोकर आफैले गर्न सक्ने सूचना अधिकारी पराजुलीको भनाइ छ । यस्तै ब्रोकरले चलाउने टीएमएसको सूनिश्चितताका लागि चाहिने आवश्यक हार्डवयर तथा सफ्टवेयरको फेल ओभर सम्बन्धी व्यवस्था र सोको समय समयमा परीक्षणको लागि मापदण्ड पुरा गरेको हुनु पर्ने जनाइएको छ ।
सो मापदण्डमा नेटवर्क सम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानको लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गरिएको हुनुपर्ने, साइबार आक्रमण सम्बन्धी घटना र समस्याहरुको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाको लागि अनुगमन र सम्बोधन गर्ने प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।
विजनेश रिकभरी म्यानेजमेन्ट र रेस्पोन्स सिस्टम स्थापना भएको, डिजास्टर रिकभरी साइट स्थापना गरिएको, टीएमएसका लागि आवश्यक पर्ने सर्भर, भण्डारण क्षमता, सुरक्षा व्यवस्था, नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार नेप्सेले तोके बमोजिम हुनुपर्ने नेप्सेले जनाएको छ । नेप्सेले विनियमावली संसोधनका लागि बोर्डमा मस्यौदा पठाएको थियो । बोर्डले उक्त मस्यौदा आवश्यक संशोधन गरेर स्वीकृतका लागि नेप्सेमा पठाएको थियो । नेप्सेले स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।