logo

सेयर बजारमा पहिरो,चलखेल गरेर उचाल्न खोज्दा झन् घाटा

    1324   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – विगत केही दिनदेखि अनावस्यक रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको बहाना बनाएर सेयर बजारमा गरिएको चलखेलका कारण अहिले सेयर बजारमा ठुलो पहिरो गएको छ । चलखेलमा संलग्न हुनेहरुको यस्तो असफल प्रयासले हाल बजारमा निकै ठुलो पहिरो जान थालेको हो ।
गत २५ चैतमा गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेको खबरहरु सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा सेयर बजारले सकारात्मक लय लिने प्रकारका प्रचारबाजीहरु समेत भएका थिए । निलम्वीत गभर्नर अधिकारीले सेयर कर्जामा कडाई गर्नुका साथै ४÷ १२ को सीमा तोकिएका थिए ।
राष्ट्र बैंकको यो व्यवस्थाप्रति रुष्ट रहेका लगानीकर्ताले गर्भनरको निलम्बनपछि बजारमा उछाल आउने प्रचारबाजी गरेका थिए । बजारमा चलखेल गर्नेहरु सक्रिय हुँदा सोमबार बजार खुलेको पहिलो १० मिनेटमै नेप्से ४५ अंकले बढेको थियो । सोमबार प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ७.४५ अंकले उक्लिएको थियो । नियमित सेसनको पहिलो १० मिनेटमै ४५ अंकले बढेको बजार त्यसपछि ओरालो लाग्न थाल्यो ।
बजार बन्द हुने समयसम्म आइपुग्दा आजको उच्च बिन्दुबाट ९० अंक तल झर्न पुग्यो । चलखेल गर्नेहरुले बजार खुल्नासाथ नेप्से ह्वात्तै उचालेर सेयर बिक्रीको क्रम बढाउन थाले जसको नाकारात्मक प्रभावले झनै ठूलो पहिरो गएको छ ।
सोमबार नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ बिन्दुमा झरेको थियो । कारोबारमा आउका अधिकांश कम्पनीको मूल्यमा गिरावट आएपछि नेप्से उच्च अंकले ऋणात्मक बनेको हो । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ९.३८ अंकले घटेर ४५४.३७ बिन्दुमा झरेको थियो ।
सोमबार कारोबारमा आएका १९९ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थीर रहेका थिए । २८ कम्पनीको भाउ मात्र बढेको थियो ।
सोमबार २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर ४० हजार ५०९ संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा समेटिएको छ । सोमबार कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक बनेका थिए । अन्यको सूचक सर्वाधिक ४.६२ प्रतिशतले घट्दा जीवन बीमा ३ तथा ब्यापार, होटल, जलविद्युत, फाइनान्स, उत्पादन र लगानी सूचक पनि २ प्रतिशत अधिक घटेका थिए ।
सोही दिनको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको थियो । नेष्डो समृद्ध लघुवित्तको अन्तिम पटक १८७० रुपैयाँ र जाल्पाको ४९१.१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
यसैगरी, इमर्जिङ्ग नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो । इमर्जिङ्ग नेपालको सेयरमूल्य ९.९८ प्रतिशत घटेर १००१ रुपैयाँमा झर्दा राष्ट्र उत्थानको १३८०.१० रुपैयाँमा झरेको थियो ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४० रुपैयाँसम्म झरेकाले लगानीकर्ताको आकर्षण बढ्दा १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ । यसैगरी, निफ्रा ७.२१ करोड, नबिल बै.क ६.९२ करोड, एनआईसी एशिया बैंक ६.८६ करोड, हिमालयन डिष्टिलरी ६.७८ करोड र सूर्या लाइफको ६.७८ करोडको सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।