logo

निरन्तर ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार ३५ अंकले बढ्यो

    1136   पटक पढिएको

२४ चैत /अर्थ र व्यापार – गत सातादेखि निरन्तर दोहोरो अंकको गिरावट आएको सेयर बजार यो साताको अन्तिम दिन बिहीबार ३५ अंक बढीले बृद्धि भई उकालो लागेको छ ।
बैंकिङ प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेको सेयर बजार राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण थप प्रभावित भएको थियो । गत बिहीबारबाट लगातार घटेको बजार १४० अंक तल आइसकेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय हुँदा बजारमा सुधार आएको हो ।

यसैगरि, बैंकहरुले वैशाख पनि ब्याजदर नबढाउने अनौपचारिक खबरहरु प्रवाह भएकाले पनि यसको प्रभाव बजारमा देखिएको हो । आयातमा कडाई गर्दा कतिपयले शेयर बजारमा लगानी गरेको आँकलन पनि हुन थालेको छ ।
गत बुधबार ४० अंकले बढेको नेप्से त्यस यताका पाँच कारोबार दिनमा दैनिक दोहोरो अंकले घट्दै आएको हो । अघिल्लो बिहीबार करिब २४ अंकले घटेको नेप्से आइतबार ३०।८९, सोमबार १४.८८, मंगलबार ४६.४६ र बुधबार २३.३३ अंकले घटेको थियो ।
यस साताको अन्तिम दिन बिहीबार ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा उक्लिएको छ । ठूला कम्पनीको कारोबार सूचक १.७९ प्रतिशतले बढेको छ । यस्तै करोबार रकम समेत केही बढेको छ । यसदिन २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर २ अर्ब १२ करोड १५ लाख बराबरमा किनबेच भयो ।
अघिल्लो दिन १ अर्ब ९९ करोड बराकरको सेयर खरिद बिक्री भएको थियो । कारोबारमा आएका १३ उपसमुहकै सूचक सकारात्मक रहेको बजारमा अन्य, व्यपार तथा बीमा समुहकाले धेरै कमाए । आजको बजारमा नबिल बैंकको सर्वाधिक ७ करोड ३८ लाख बराबरको सेयर किनबेच भयो । प्राइम बैंक, हिमालयन डिष्टलरी लगायतका कम्पनी उच्च कारोबार गर्नेमा परेका छन ।
यसदिन हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । नेपाल टेलिकम र एक्सल डेभलपमेन्ट बैंकको पनि ५ प्रतिशत बढीले मूल्य बढेको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।