logo

ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँट हुने

    1105   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार – ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आईपीओ) चैत २० गते आइतबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार सो दिन क्यापिटलकै कार्यालय नयाँ बानेश्वरमा बिहान ८ः३० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।
गत ८ देखि ११ चैतसम्म निष्काशन खुला भएको आईपीओमा कूल २१ लाख ५७ हजार ६ सय ३१ जनाले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो । हालैमात्र कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापका स्थानीयवासीलाई आईपीओ बिक्री गरेको थियो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गरेको हो ।
कूल निष्काशन मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याएर बाँकी रहेको २८ लाख ७५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिने प्रावधान थियो ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ २ लाख ८७ हजार ५ सय जनाले १० कित्ताका दरले पाउने छन् । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब १२ करोड पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।