logo

राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत

आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने

    1082   पटक पढिएको

२६ फागुन/अर्थ र व्यापार – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड बीच प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका २६ लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको ८ लाख ५० हजार कित्ता आईपीओ धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि आरयूएलबी कारोबार संकेत दिएको छ । उक्त धितोपत्र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृतपछि सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भैसकेको छ ।
कम्पनीले एनआईबिएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा फागुन ४ गतेदेखि ८ गतेसम्म कुल ८ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । सामुहिक लगानी कोष र लघुवित्तका कर्मचारीहरुका लागि छुट्टाएर बाँकी रहेको सेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट ७९ हजार ४५० जना लगानीकर्तालाई बाँडफाँड गरिएको थियो ।
कम्पनीले कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकोमा ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका इकाई र १३ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । कम्पनीले उक्त आईपीओको बाँडफाँड फागुन १२ गते बिहीबार सम्पन्न गरेको थियो । ७९ हजार ४५० जनाले गोलाप्रथाद्वारा १० कित्ताका दरले आईपीओ पाएका थिए । कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएका थिएकोमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो ।
प्रारम्भिक सार्वजनिक निष्काशन गरिने साधारण सेयर “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्था अनुसार साधारण सेयरको बाँडफाँड गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा प्रचलित सूचीकरण सम्बन्धी व्यवस्था अनुसार सूचीकरण तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा धितोपत्र दर्तापछि सेयर खरिद बिक्रीमा आउने गरेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको आधारमा सम्बन्धीत कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ ।
नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ । कम्पनीको आईपीओ आरयूएलबी स्टक संकेतमा नेप्से मार्फत दोस्रो बजारमा कारोबारमा आउनेछ । यसअनुसार कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १६७.४३ रुपैयाँ देखि अधिकतम ५०२.२९ रुपैयाँसम्मको सीमा पाउनेछ । यही बीचको मूल्यमा कम्पनीको पहिलो कारोबार हुनेछ ।
यसरी हेर्दा कम्पनीको सेयर हात पारेका भाग्यशाली लगानीकर्ताले पहिलो दिन नै एक हजारको लगानीलाई ५ हजार २२ रुपैयाँ बनाउने देखिन्छ । गत आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले ६ करोड २४ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २६.९२ रुपैयाँ कायम गरेको छ । कम्पनीको नेटवर्थमा औसत प्रतिफल २६.९२ प्रतिशत रहेको छ ।
तीन वर्षपछि अर्थात आव २०८०।८१ सम्म पुग्दा लघुवित्तले ४८ करोड ५८ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १०४.०४ रुपैयाँ इपिएस पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ र नेटवर्थमा औसत प्रतिफल १०४.०४ प्रतिशत पुर्याउने कम्पनीको आंकलन छ ।
काभ्रेको बनेपामा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ फागुनदेखि वित्तीय कारोबार सुरु गरेको थियो । नेपाल ग्रामीण विकास संस्थाबाट राष्ट्र उत्थान लघुवित्त संस्थामा रुपान्तरण भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने गैर सरकारी संस्थाहरुलाई लघुवित्त संस्थामा रुपान्तरण गर्न निर्देशन गरेपछि राष्ट्र उत्थान नामबाट कारोबार सुरु गरिएको हो ।लघुवित्त संस्थामा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक लगानी रहेको छ । ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई ’इक्रा नेपालले आईआर बीबी रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने इक्रा नेपालले बताएको छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि इक्रा नेपालले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।