logo

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

    1363   पटक पढिएको

२४ फागुन/ अर्थ र व्यापार –नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले दश कित्ताका दरले शेयर पाएका छन भने ती मध्ये ३ जनाले थप एक एक कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको कुल निष्काशित संख्यालाई दश कित्ताका दरले निष्काशित सेयरले पुगेसम्मका लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने हुन्छ ।
कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका इकाईलाई सुरक्षित गरी सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो। जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकोमा दोहोरो आवेदन परेका ४ हजार १४६ आवेदन भने रद्द भएका छन् ।
सदर आवेदक २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । उक्त शेयर ७७ हजार ४५३ जनाले दश कित्ताका र ३ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । शेयर भर्ने २४ लाख ४५ हजार ४९९ जनाको हातखाली भएको छ ।
नेष्डो समृद्ध लघुवित्तले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाईहरुका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।