logo

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

    1098   पटक पढिएको

२४ फागुन/ अर्थ र व्यापार –नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले दश कित्ताका दरले शेयर पाएका छन भने ती मध्ये ३ जनाले थप एक एक कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको कुल निष्काशित संख्यालाई दश कित्ताका दरले निष्काशित सेयरले पुगेसम्मका लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने हुन्छ ।
कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका इकाईलाई सुरक्षित गरी सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो। जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकोमा दोहोरो आवेदन परेका ४ हजार १४६ आवेदन भने रद्द भएका छन् ।
सदर आवेदक २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । उक्त शेयर ७७ हजार ४५३ जनाले दश कित्ताका र ३ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । शेयर भर्ने २४ लाख ४५ हजार ४९९ जनाको हातखाली भएको छ ।
नेष्डो समृद्ध लघुवित्तले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाईहरुका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।