logo

छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन , छुटला है ! अब केही घण्टा मात्र बाँकी

    1103   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार – छ्याङदी हाइड्रोपावरले निष्काशन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (फागुन २) गते अन्तिम दिन रहेको छ । सो कम्पनीले गत ११ माघदेखि १० बराबर ३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी २९ करोड ७६ लाख ७५ हजार रहेको छ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
यस कम्पनीले हकप्रद प्रयोजनको लागि गत २१ पुसमा बुक क्लोज गर्ने निर्णय गरेकोले गत २० पुससम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने सो कम्पनीले जनाएको छ ।
छ्याङदीले कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले १ पुसमा कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो।
सो कम्पनीले फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले निष्काशन चरणमा रहेको यो ३० प्रतिशत हकप्रद सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय को ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ। दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड १७ लाख पुग्ने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।