logo

४३ लघुिवत्तले गरे लाभांश घोषणा

    1218   पटक पढिएको

२ फागुन/अर्थ र व्यापार– विभिन्न ४४ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५१ कम्पनी सूचीकृत छन् । नेप्सेमा सूचीकृतमध्ये ४३ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् ।
लघुवित्तमध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश वितरण गरेको छ । यसैगरि, दोस्रोमा नेसनल माइक्रोफाइनान्स लघुवित्तले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी ४५ प्रतिशत लाभांश, फर्वाड माइक्रोफाइनान्सको ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी ४२ प्रतिशत लाभांश, स्वाभिमान लघुवित्तको ३२.३ प्रतिशत बोनस शेयर र १.७० नगद गरी ३४ प्रतिशत लाभांश, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस शेयर र १.६३ प्रतिशत नगद गरी ३२.६८ प्रतिशत लाभांश वितरण गरेको छ ।
यसैगरि, सर्पोट लघुवित्तको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरी ३१.५८ प्रतिशत लाभांश, उन्नति सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस शेयर वितरण गरेका हुन् ।
सबैभन्दा कम लाभांश एनआईसी लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै, फष्ट माइक्रोफाइनान्स लघुवित्त र आरएसडीसी लघुवित्त रहेका छन् । दुवै होलसेल कारोबार गर्ने यी लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।