logo

जडीबुटी उत्पादन कम्पनीले पनि आईपीओे निष्कासन गर्ने 

    1232   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ । विगत तीन वर्षदेखि नाफामा गएपछि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओे) निष्कासनको तयारीमा सो कम्पनी जुटेको हो । 
३ वर्षसम्म मुनाफामा गएपछि आईपीओे निष्कासन गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले चालु आर्थिक वर्षभित्र नै आईपीओ निष्कासन गर्न लागेको हो । कुनै समय घाटामा रहेको कम्पनी कर्मचारीलाई उपदान दिन बजेट नभएपछि जग्गा बेच्न बाध्य भएको थियो । कम्पनीको मुनाफाले आईपीओ निष्कासनका लागि बाटो खुलेको छ । 
सो कम्पनीका अध्यक्ष समेत रहेका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानाले कम्पनी मुनाफातिर जान थालेपछि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले १ अर्ब २० करोड पुँजीको ४९ प्रतिशतसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गरिने बताए । उनले अहिले संचालक समितिमा छलफल भएको जानकारि गराउँदै उनले साधारणसभाले निर्णय स्वीकृत गरेपछि अर्थको सहमति आउनुपर्छ अनि सेयर निष्कासनका लागि बाटो खुल्ने बताए । 
कम्पनीका अनुसार आव २०७५/०७६ मा पहिलो पटक कम्पनीले एक करोड ९२ लाख नाफा कमाएको थियो । आव २०७६/०७७ मा कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो भने आव २०७७/०७८ को अहिले लेखापरीक्षण भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थान सम्बन्धी प्रगति प्रतिवेदन अनुसार सरकारका औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये जडीबुटी कम्पनी नाफामा रहेका संस्थानमध्ये एक हो । कम्पनीले आव २०७६/०७७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको छ ।
जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले २०३८ साल पुसमा कम्पनी स्थापना गरिएको थियो । स्थापनाको सुरुका वर्षमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने घाटामा थियो । कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीका अनुसार उत्पादनमा वृद्धि र स्रोतसाधनको उचित प्रयोग गरेपछि कम्पनीले मुनाफा कमाउन थालेको हो । 
हाल सरकारी निकायमात्र कम्पनीको सेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन् ।  यो कम्पनी सरकारी सस्वामित्वमा सञ्चालित कम्पनी हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।