logo

नेप्सेद्धारा नबिल बैंक सहित पाँचवटा कम्पनीको शेयरमूल्य समायोजन

    1404   पटक पढिएको

१६ पुस / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार पाँचवटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडवील फाइनान्स र हिमालयन डिष्टिलरी लिमिटेडको मूल्य समायोजन गरेको हो । यी पाँचवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनकालागि शुक्रवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 
नेप्सेले कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य  ४१० रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिनको अन्तिम शेयर मूल्य ४९२ रुपैयाँ आधारमा शेयर मूल्य समायोजन भएको हो । 
त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्थाको ३५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य  १ हजार ९६२ रुपैयाँ दशमलव ९६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य २ हजार ६५० रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो । यसैगरि, गुडवील फाइनान्सको ९ दशमलव १० प्रतिशत बोनस शेयरको समायोजन पछि नेप्सेले शेयर मूल्य  ५३३ दशमलव ४६ रुपैयाँ तोकेको छ । 
कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य  ५८२ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । त्यसैगरि, हिमालयन डिष्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य ३ हजार ९२५ दशमलव ७१ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य  ६ हजार ८७० रुपैयाँको आधारमा मूल्य समायोजन भएको छ । 
त्यसैगरी नबिल बैंकको ३३ दशलमव ६० प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य  १ हजार ८५ रुपैयाँ तोेकेको छ । सो कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य १ हजार ४५० रुपैयाँको आधारमा समायोजन भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।