logo

नेप्सेद्धारा नबिल बैंक सहित पाँचवटा कम्पनीको शेयरमूल्य समायोजन

    1105   पटक पढिएको

१६ पुस / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार पाँचवटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडवील फाइनान्स र हिमालयन डिष्टिलरी लिमिटेडको मूल्य समायोजन गरेको हो । यी पाँचवटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनकालागि शुक्रवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 
नेप्सेले कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य  ४१० रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिनको अन्तिम शेयर मूल्य ४९२ रुपैयाँ आधारमा शेयर मूल्य समायोजन भएको हो । 
त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्थाको ३५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य  १ हजार ९६२ रुपैयाँ दशमलव ९६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य २ हजार ६५० रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो । यसैगरि, गुडवील फाइनान्सको ९ दशमलव १० प्रतिशत बोनस शेयरको समायोजन पछि नेप्सेले शेयर मूल्य  ५३३ दशमलव ४६ रुपैयाँ तोकेको छ । 
कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य  ५८२ रुपैयाँको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । त्यसैगरि, हिमालयन डिष्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य ३ हजार ९२५ दशमलव ७१ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य  ६ हजार ८७० रुपैयाँको आधारमा मूल्य समायोजन भएको छ । 
त्यसैगरी नबिल बैंकको ३३ दशलमव ६० प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य  १ हजार ८५ रुपैयाँ तोेकेको छ । सो कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य १ हजार ४५० रुपैयाँको आधारमा समायोजन भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।