logo

सेयर बजारमा हरियाली, ७४ अंकले बढ्यो नेप्से

    1004   पटक पढिएको

११ पुस /अर्थ र व्यापार – आइतबार सेयर बजार ७४.४० अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७४.४० अंकले बढेर २५९४.६२ अंक कायम भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ । 
नेपाल स्टक एक्चेन्जका अनुसार अहिलेसम्म ३५ लाख ८४ हजार ५५७ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब ३२ करोड ३१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । 
यो अवधीमा अधिकांश बैंक तथा वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेपछि नेप्सेमा लगानीकर्ताको आकर्षण लाभांश प्रस्ताव गर्न बाँकी रहेको बीमा कम्पनीको सेयरमा पर्न थालेको छ ।
आइतबार उच्च सेयरमूल्य वृद्धि हुने शीर्ष दश कम्पनीमा ९ बीमा कम्पनीहरु रहेका छन् । बीमा कम्पनीहरुले नै नेप्से सूचकलाईलाई डोर्याउन लागेका छन् । बीमा कम्पनीको सेयरमूल्यमा बहार छाउँदा नेप्से २.९२ प्रतिशत बढेर २५९३.९२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८४.४३ बिन्दुमा उक्लिएको छ ।
यस अवधिमा नेपाल लाइफ, गुराँस लाइफ, नेशनल लाइफ, जनरल इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु इन्स्योरेन्स, प्राइम लाइफ, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् । यस अवधिमा जीवन बीमाको इन्डेक्स पनि ९.०६ प्रतिशत बढेर १४ हजार ५२१ पुगेको भने निर्जीवन बीमाको इन्डेक्स ७.०८ प्रतिशत बढेर ११ हजार ८८७ बिन्दुमा पुगेको छ ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा भैसकेको छ । बीमा कम्पनीहरुको लाभांश भने अझै हुन बाँकी छ । यो कारणले पनि बीमा कम्पनीहरुको सेयर लगानीकर्ताको पहिलो रोजाइमा परेका हुन् । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गर्दा सानिमा जनरल इन्स्योरेन्सले लाभांश बिना नै पुस ३० गते साधारण सभा बोलाइसकेको छ ।
लाभांश घोषणा गर्न बाँकी १६ निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।
अर्कोतफ सञ्चालित १९ जीवन बीमा कम्पनीहरुमध्ये १२ जीवन बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये अघिल्लो आव २०७६।७७ बाट एशियन लाइफ, एलआईसी, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, र रिलायन्स लाइफ गरी ६ जीवन बीमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
जसमध्ये प्राइम लाइफ, सूर्या लाइफ, र रिलायन्स लाइफले लाभांश वितरणको लागि बुकक्लोज गरिसकेको छन् । बाँकी ५ जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ । लाभांश घोषणा गरेकोमध्ये प्राइम लाइफले मंसिर १९ गते नै साधारण सभा सम्पन्न गरिसकेको छ भने रिलायन्स लाइफले आजै साधारण सभा सम्पन्न गर्दैछ । प्राइम लाइफले १५ प्रतिशत बोनस सहित १५.८७ प्रतिशत र रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्दैछ । 
गुराँस लाइफले आव २०७५।७६ को लाभांश मंसिर १० गते सम्पन्न साधारण सभाबाट अनुमोदन गराएको छ । जीवन बीमातर्फ अब सानिमा लाइफ, युनियन लाइफ, नेपला लाइफ, नेशनल लाइफ, र प्रभु लाइफ गरी ५ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।