logo

सेयर बजारमा हरियाली, ७४ अंकले बढ्यो नेप्से

    1290   पटक पढिएको

११ पुस /अर्थ र व्यापार – आइतबार सेयर बजार ७४.४० अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७४.४० अंकले बढेर २५९४.६२ अंक कायम भएको नेपाल स्टक एक्चेन्ज (नेप्से) ले जनाएको छ । 
नेपाल स्टक एक्चेन्जका अनुसार अहिलेसम्म ३५ लाख ८४ हजार ५५७ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब ३२ करोड ३१ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । 
यो अवधीमा अधिकांश बैंक तथा वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेपछि नेप्सेमा लगानीकर्ताको आकर्षण लाभांश प्रस्ताव गर्न बाँकी रहेको बीमा कम्पनीको सेयरमा पर्न थालेको छ ।
आइतबार उच्च सेयरमूल्य वृद्धि हुने शीर्ष दश कम्पनीमा ९ बीमा कम्पनीहरु रहेका छन् । बीमा कम्पनीहरुले नै नेप्से सूचकलाईलाई डोर्याउन लागेका छन् । बीमा कम्पनीको सेयरमूल्यमा बहार छाउँदा नेप्से २.९२ प्रतिशत बढेर २५९३.९२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८४.४३ बिन्दुमा उक्लिएको छ ।
यस अवधिमा नेपाल लाइफ, गुराँस लाइफ, नेशनल लाइफ, जनरल इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु इन्स्योरेन्स, प्राइम लाइफ, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् । यस अवधिमा जीवन बीमाको इन्डेक्स पनि ९.०६ प्रतिशत बढेर १४ हजार ५२१ पुगेको भने निर्जीवन बीमाको इन्डेक्स ७.०८ प्रतिशत बढेर ११ हजार ८८७ बिन्दुमा पुगेको छ ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा भैसकेको छ । बीमा कम्पनीहरुको लाभांश भने अझै हुन बाँकी छ । यो कारणले पनि बीमा कम्पनीहरुको सेयर लगानीकर्ताको पहिलो रोजाइमा परेका हुन् । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गर्दा सानिमा जनरल इन्स्योरेन्सले लाभांश बिना नै पुस ३० गते साधारण सभा बोलाइसकेको छ ।
लाभांश घोषणा गर्न बाँकी १६ निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।
अर्कोतफ सञ्चालित १९ जीवन बीमा कम्पनीहरुमध्ये १२ जीवन बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये अघिल्लो आव २०७६।७७ बाट एशियन लाइफ, एलआईसी, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, र रिलायन्स लाइफ गरी ६ जीवन बीमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
जसमध्ये प्राइम लाइफ, सूर्या लाइफ, र रिलायन्स लाइफले लाभांश वितरणको लागि बुकक्लोज गरिसकेको छन् । बाँकी ५ जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ । लाभांश घोषणा गरेकोमध्ये प्राइम लाइफले मंसिर १९ गते नै साधारण सभा सम्पन्न गरिसकेको छ भने रिलायन्स लाइफले आजै साधारण सभा सम्पन्न गर्दैछ । प्राइम लाइफले १५ प्रतिशत बोनस सहित १५.८७ प्रतिशत र रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्दैछ । 
गुराँस लाइफले आव २०७५।७६ को लाभांश मंसिर १० गते सम्पन्न साधारण सभाबाट अनुमोदन गराएको छ । जीवन बीमातर्फ अब सानिमा लाइफ, युनियन लाइफ, नेपला लाइफ, नेशनल लाइफ, र प्रभु लाइफ गरी ५ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।