logo

एनसेलको एक कित्ता सेयर १ लाख २४ हजारमा खरिद बिक्री ,साधारण होइन ओटीसी कोरोकार 

    1442   पटक पढिएको

५ मंसिर/अर्थ र व्यापार – मलेसियन लगानीको दूरसञ्चार कम्पनी एनसेल पब्लिक कम्पनी भए पनि सर्वसाधारणको लागि भने सेयर जारी गरेको छैन् । तर, यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को ओभर दि काउन्टर (ओटीसी) भने प्रति कित्ता नै एक लाख २४ हजार एकसय रुपैयाँमा कारोबार भएको छ । 
एनसेलको गत १९ साउनमा एक कित्ता मात्रै सेयर किनबेच गरेको नेप्सेले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । सो तथ्यांक अनुसार एनसेलको एक कित्ता सेयर किनबेच कबिन मूल र सम्पन्नराज भट्टले गरेका हुन् । 
भट्टको नाममा रहेको एक कित्ता सेयरलाई एकलाख २४ हजार एकसय रुपैयाँमा मूलले खरिद गरेको उल्लेख छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेमा सूचीकृत नभएका तर, पब्लिक कम्पनी छन भने तिनको किनबेच ओटीसीबाटै हुन्छ । ओटीसीमा एक कित्ताभन्दा माथि जति पनि कारोबार गर्न पाइन्छ । यस्तो कारोबार गर्दा कुनै सीमा नहुने र किन्ने र बेच्नेको सहमति भए महंगोमा कारोबार गर्नलाई कुनै रोकतोक हुँदैन् । 
उनले भने, ‘हामीले उक्त कम्पनीको नेटवर्थ चाहिँ हेर्ने भए पनि किन्ने र बेच्नेको आपसी सहमतिमा किनबेच्न गर्न सक्ने भएकोले पनि एनसेलको एक कित्ताकै एक लाख भन्दा बढी मूल्यमा कारोबार भएको हो ।
कम्पनी रजिष्टारको कार्यालयमा जति कम्पनी दर्ता भए पनि नेप्सेमा सूचीकृत कम्पनी भने ३१८ मात्रै छन् । यीबाहेक कर्णालीमा भएको कुनै कम्पनी किनबेच गर्दा होस् वा काठमाडौंको कम्पनीको स्वामित्व परिवर्तन हुँदा होस् कारोबार ओटीसीमै हुन्छ । त्यहाँ हुने कारोबार धेरै नहुने, सधैं नहुने हुँदा थोरै कित्ता पनि हुन्छ ।’
एनसेलले ओटीसीमा नै एक कित्ताकै एकलाख भन्दा बढी मूल्यमा किनबेच गरेको कारण यो कम्पनी सर्वसाधारणलाई सेयर जारी गर्दा भने यसको सेयर मूल्य कति होला ? किन एक कित्ता मात्रै किनबेच भयो ? त्यो पनि महंगोमा भन्नेमा चाहिँ आम सर्वसाधारणको रुचीको विषय भएको छ ।
नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको रूपमा दर्ता भएको यस कम्पनीले हाल मोबाईल सेवा प्रदान गरिरहेको छ । कम्पनी ऐन २०६३ अनुसार पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार एनसेल पब्लिक कम्पनी भइसकेको भए पनि यसले सर्वसाधारणको लागि सेयर भने जारी गरेको छैन् । 
नेप्सेका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ३२ वटा कम्पनीको एक करोड १९ लाख २१८ कित्ता शेयरको किनबेच भएको छ । यस्तो किनबेचबाट एक अर्ब ५० करोड ३१ लाख एक हजार ३१ रुपैयाँ कारोबार भएको पनि उल्लेख छ । यस्तो कारोबारमा प्रति कित्ता एक हजार ६० रुपैयाँसम्ममा कारोबार गर्ने कम्पनी पनि छ ।
हाइड्रो कल्सल्टिङ इन्जिनियरिङले २९ हजार २९३ कित्ता शेयर गत साउन ५ गते एक हजार ६० रुपैयाँमा कारोबार गरेको छ । ओटीसीमा भएको यो वर्षको सबैभन्दा धेरै कित्तामा भने सगरमाथा जलविद्युत् कम्पनीको ३४ लाख ५७ हजार १६७ कित्ता रहेको पनि उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।