logo

नेप्से ६ प्रतिशतले बढेपछि मंगलबारकालागि कारोबार बन्द, भयो सर्किट ब्रेक

    998   पटक पढिएको

२८ मंसिर /अर्थ र व्यापार – सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज (मंगलबार) दिनभरका लागि कारोबार बन्द भएको छ । प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बढेको हो ।
विश्वको जुनसुकै देशमा पनि शेयर बजार आउने तीव्र उतार चढावबाट लगानीकर्तालाई धेरै असर नपुगोस् भन्नका लागि निश्चित प्रतिशतको घटबढमा कारोबार स्थगन गर्ने प्रणाली कानुनी रुपमा नै व्यवस्था गरिएको हुन्छ । जसलाई हामी छोटो शब्दमा सर्किट ब्रेक भनेर भन्ने गर्दछौं । यो सकारात्मक र नकारात्मक दुबै किसिमको हुने गर्दछ ।
पूँजीबजारको फन्ट लाईन रेगुलेटर नेप्सेले पनि यो प्रणाली लागू गरेको छ । नेप्सेले कुनै पनि कारोबार दिनमा कारोबार शुरु भएको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेको बीचमा) नेप्से इण्डेक्स ४ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ ।
यसैगरि, बजार खुलेको दोश्रो घण्टाभित्र (१२ देखि १ बजेको बीचमा) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यस्तै दोस्रो सर्किटपछि पनि वृद्दि अथवा गिरावटको क्रम निरन्तर रह्यो र बजार थप १ प्रतिशतले घटी वा बढी ६ प्रतिशत पुग्यो भने सर्किट ब्रेक लाग्ने व्यवस्था छ । 
यसरी ६ प्रतिशतसम्म नेप्से सूचक घटे वा बढेमा कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।