logo

सेयर बजार निरन्तर ओरालो यात्रामा, नेप्सेमा अस्वभाविक गिरावट

    1041   पटक पढिएको

२६ मंसिर /अर्थ र व्यापार – पछिल्ला केहि साता यता शेयर बजार निरन्तर ओरालो लागेको छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झरेको छ ।
यो साताको पहिलो दिन आइतबार मात्रै नेप्से ८८ अंकले ओरालो लागेको छ । शेयर बजारमा लगानीगर्ने अधिकाश लगानिकर्ताहरुले गुमाएका छन । नेपाल राष्ट बैंकले २०७८÷७९ को मौद्रिक निति सार्बजनिक भए देखि नै शेयर बजार ओरालो लाग्न सुरु भएको थियो । बीचमा केही सुधारीन खोजेपनि बजार घट्ने क्रमले निरन्तरता पाइरह्यो ।
मौद्रिक नितिमा शेयर कर्जाको सिमा ४÷१२ करोडमा सिमित गरिएपछि बजार ओरालो लाग्न थालेको हो । यो नीतिले सिमित लगानीकर्तालाई मात्र असर पर्ने बताइपनि समग्र लगानीकर्ताहरु प्यानिक बन्दा बजारको गिरावट थामिन पाएन।
अर्थमन्त्रालय र राष्ट्र बैंकले बजार अध्ययन गरेर नै यो नीति ल्याएको बताउँदै आएका छन । तर शेयर लगानीकर्ताहरुले बजार गिरावटको प्रमुख कारण यसैलाई मानेर आन्दोलन र विरोधका गतिविधिहरु समेत बढाँउदा बजारको गिरावटलाई थप मलजल गरेको देखिन्छ । बजारका जानकार, विश्लेषक तथा अगुवा लगानीकर्ताहरुले आफु अनुकुलका अभिव्यक्तीहरु सार्वजनिक गर्ने क्रमले कतिपय लगानिकर्ताहरुमा अन्योलता छाएको पनि देखिन्छ भने यस्ता अभिव्यक्तिहरुले उनीहरको मनोबिज्ञानको समेत प्रभाव पर्दा बजारप्रति नकारात्मक बन्दै गएको देखिन्छ ।
लामो समयसम्म धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्से प्रमुख विहिन रहेकाले बजार विकासका कामहरुमा अवरुद्ध भएकाले पनि अहिले बजार झर्ने क्रमले निरन्तरता पाएको हो । अर्कातर्फ बैंकहरुले मार्जिन कल गर्ने र ब्रोकरहरुले लिमिट नदिने कारणले पनि बजार घटाउमा योगदान पुर्याएको हो । बजार बढेको बेला उधारको कारोबार गरेकाहरुले पैसा बेलमै नर्तिदा ब्रोकरहरुले कारोबार लिमिट घटाएका छन । उधारोमा कारोबार गर्ने लगानीकर्ताहरुले ऋण चुक्ता गर्नकै लागि पनि घाटामा शेयर बिक्री गर्नुपर्ने अवस्थाले बजार घटाउन थप सहयोग पुर्याएको हो।
अहिलेको बिभिन्न कम्पनिहरुले लाभाश घोषणा गरिरहेको समयमा शेयरबजार बढ्न पर्नेमा झन घटिरहेका छ । लगानिकर्ताहरुको आत्मबल कमजोर हुँदा शेयरबजारमा नयाँ लगानिकर्ताहरु प्रबेश गर्न सकिरहेका छैनन। आइतबार नेप्से ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा झरेको छ । यसदिन २२८ कम्पनीको ४९ हजार ७१० पटकको कारोबारमा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।