logo

सेयर बजार निरन्तर ओरालो यात्रामा, नेप्सेमा अस्वभाविक गिरावट

    1308   पटक पढिएको

२६ मंसिर /अर्थ र व्यापार – पछिल्ला केहि साता यता शेयर बजार निरन्तर ओरालो लागेको छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झरेको छ ।
यो साताको पहिलो दिन आइतबार मात्रै नेप्से ८८ अंकले ओरालो लागेको छ । शेयर बजारमा लगानीगर्ने अधिकाश लगानिकर्ताहरुले गुमाएका छन । नेपाल राष्ट बैंकले २०७८÷७९ को मौद्रिक निति सार्बजनिक भए देखि नै शेयर बजार ओरालो लाग्न सुरु भएको थियो । बीचमा केही सुधारीन खोजेपनि बजार घट्ने क्रमले निरन्तरता पाइरह्यो ।
मौद्रिक नितिमा शेयर कर्जाको सिमा ४÷१२ करोडमा सिमित गरिएपछि बजार ओरालो लाग्न थालेको हो । यो नीतिले सिमित लगानीकर्तालाई मात्र असर पर्ने बताइपनि समग्र लगानीकर्ताहरु प्यानिक बन्दा बजारको गिरावट थामिन पाएन।
अर्थमन्त्रालय र राष्ट्र बैंकले बजार अध्ययन गरेर नै यो नीति ल्याएको बताउँदै आएका छन । तर शेयर लगानीकर्ताहरुले बजार गिरावटको प्रमुख कारण यसैलाई मानेर आन्दोलन र विरोधका गतिविधिहरु समेत बढाँउदा बजारको गिरावटलाई थप मलजल गरेको देखिन्छ । बजारका जानकार, विश्लेषक तथा अगुवा लगानीकर्ताहरुले आफु अनुकुलका अभिव्यक्तीहरु सार्वजनिक गर्ने क्रमले कतिपय लगानिकर्ताहरुमा अन्योलता छाएको पनि देखिन्छ भने यस्ता अभिव्यक्तिहरुले उनीहरको मनोबिज्ञानको समेत प्रभाव पर्दा बजारप्रति नकारात्मक बन्दै गएको देखिन्छ ।
लामो समयसम्म धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्से प्रमुख विहिन रहेकाले बजार विकासका कामहरुमा अवरुद्ध भएकाले पनि अहिले बजार झर्ने क्रमले निरन्तरता पाएको हो । अर्कातर्फ बैंकहरुले मार्जिन कल गर्ने र ब्रोकरहरुले लिमिट नदिने कारणले पनि बजार घटाउमा योगदान पुर्याएको हो । बजार बढेको बेला उधारको कारोबार गरेकाहरुले पैसा बेलमै नर्तिदा ब्रोकरहरुले कारोबार लिमिट घटाएका छन । उधारोमा कारोबार गर्ने लगानीकर्ताहरुले ऋण चुक्ता गर्नकै लागि पनि घाटामा शेयर बिक्री गर्नुपर्ने अवस्थाले बजार घटाउन थप सहयोग पुर्याएको हो।
अहिलेको बिभिन्न कम्पनिहरुले लाभाश घोषणा गरिरहेको समयमा शेयरबजार बढ्न पर्नेमा झन घटिरहेका छ । लगानिकर्ताहरुको आत्मबल कमजोर हुँदा शेयरबजारमा नयाँ लगानिकर्ताहरु प्रबेश गर्न सकिरहेका छैनन। आइतबार नेप्से ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा झरेको छ । यसदिन २२८ कम्पनीको ४९ हजार ७१० पटकको कारोबारमा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।