logo

२३ कम्पनीको २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत

    1356   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
गत ४ महिना (साउन–कात्तिक) यता सूचीकृत विभिन्न कम्पनीको २ करोड ८ लाख ११ हजार ३५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । विभिन्न समूहकमध्ये इन्स्योरेन्स, लघुवित्त, फाइनान्स, हाइड्रो, विकास बैंक र अन्य समूह अन्तर्गतका विभिन्न कम्पनीको सो मात्राको सेयर सूचीकृत भएको हो ।
जसमध्ये अधिकांशको आर्थिक वर्ष २०७६÷७७को र केही हाइड्रोको आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सूचीकृत भएको हो । त्यसमा पनि अन्य समूह अन्तर्गतको नागरिक लगानी कोषको सबैभन्दा बढी रहेको छ । कोषको २७ लाख कित्ता अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस सेयर गत साउन २८ गते धितोपत्र बोर्डमा सूचीकृत भएको हो ।
हालसम्म बोनस सेयर सूचीकृत गर्नेमध्ये अधिकांश माइक्रोफाइनान्स समूहका कम्पनी रहेका छन् । ११ वटा माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सूचीकृत गरेका हुन् । बोनस सेयर सूचीकृत गर्नेमा फर्वार्ड माइक्रोफाइनान्स, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्था रहेका छन् ।
जसमध्ये फर्वार्डको १२ करोड ५१ लाख, नेपाल एग्रोको ८ करोड २१ लाख, मिथिलाको १ करोड ४६ लाख, सबैको लघुवित्तको १ करोड ९५ लाख, नयाँ सारथीको १ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको ३ करोड ३० लाख, स्वावलम्बनको १५ करोड ६ लाख, नेरुडेको ३ करोड ६५ लाख, माहुलीको ३ करोड ७३ लाख, उन्नति सहकार्यको २ करोड ६६ लाख र जनउत्थान सामुदायिक लघुवित्तको ३ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी इन्स्योरेन्स समूहका ५ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । बोर्डका अनुसार हाससम्ममा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेको र एनएलजी इन्स्योरेन्सले अघिल्लो वर्षको बोनस सेयर सूचीकृत गरेका छन् । जसमा प्रुडेन्सियलको ८ करोड २१ लाख, लुम्बिनी जनरलको ५ करोड ७० लाख, सिद्धार्थ इन्स्योरेन्सको १२ करोड, नेकोको २० करोड ४२ लाख र एनएलजी इन्स्योरेन्सको १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
उता फाइनान्स र विकास बैंक समूहका एक एक वटा कम्पनीको मात्रै बोनस सेयर सूचीकृत भएको छ । फाइनान्स समूहको रिलायन्स फाइनान्सले मात्रै आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सूचीकृत भएको छ । फाइनान्सले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत अर्थात ८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको छ । त्यस्तै, विकास बैंक समूह अन्तर्गतको ग्रीन डेभलपमेन्ट बैंकको १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको हो ।
यसैगरि, जलविद्युत समूहका ४ कम्पनी रहेका छन् । जसमध्ये राधी विद्युत् कम्पनीबाहेक बाँकी कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सूचीकृत भइसकेको छ । राधी विद्युत् कम्पनीको भने आर्थिक वर्ष २०७६/७७ को १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता भएको छ ।
त्यसैगरि, गत आर्थिक वर्षको बोनस सेयर सूचीकृत गर्नेमा अपि पावर, सिनर्जी पावर डेभलपमेन्ट र न्यादी ग्रुप पावर रहेका छन् । जसमध्ये अपिको १०.५० प्रतिशत अर्थात २६ करोड २१ लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । त्यस्तै, सिनर्जी पावरको ७ करोड ३३ लाख रुपैयाँ र न्यादी ग्रुपको ११ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर धितोपत्र बोर्डमा सूचीकृत भइसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।