logo

लगानीकर्ताले अर्थमन्त्रीलाई भटेर सेयर बजारमा देखिएका समस्या अवगत गराउँदै

    1170   पटक पढिएको

२१ मंसिर / अर्थ र व्यापार – शेयर बजारमा देखिएका समस्याहरु लिएर लगानीकर्ताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने तयारी गरेका छन्। उनीहरूले अर्थमन्त्रीलाई मंगलबार दिउँसो भेटेर शेयर बजारमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ सरकारलाई अवगत गराउने भएका हुन् ।
बजारमा देखिएको गम्भिर समस्याहरु समाधान गर्न पहल गर्ने भन्दै सोमबार  एक कार्यादल गठन भएको छ । सो कार्यदलमा रहेका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई भेट्ने भएका हुन् ।
सो कार्यदलले बजारमा भएका समस्या तत्काल सम्बोधन गर्नु पर्ने केही बुँदाहरु उल्लेख गरेका छन् । यिनै बुँदामाथि छलफल हुने लगानीकर्ताको भनाई रहेको छ ।
१) शेयर दलालमार्फत मार्जिन ट्र्रेडिड कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने ।
२) लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने ।
३) पुँजी बजार विकास र विस्तारका लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय ।
४) माथि उल्लेखित कामहरु सम्पन्न भई पुँजी बजारसम्बन्धी नीति नियम, पूर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामूहिक ढंगले लागिरहने प्रतिबद्धता गर्ने ।
शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लामो समयसम्म प्रमुख विहिन हुदाँ बजारले थप समस्या झेल्नु परेको लगानीकर्ताहरुको बुझाई छ। दुवै निकायका प्रमुखहरुको योग्यता क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्त गर्नुपर्ने उनीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।