logo

बजार खुलेको एक घण्टामै ७० अंकले घट्यो नेप्से, परिसूचक साढे २४०० भन्दा तल २० 

सबै समूह राताम्मे

    1159   पटक पढिएको

२० मंसिर/अर्थ र व्यापार – सोमबारको सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको दिन नियमित कारोबार खुलेको एक घण्टामै नेप्से परिसूचक ७०.३६ अंकले घटेर २४४३.५१ बिन्दुमा झरेको छ । 
यो प्रतिशतको आधारमा २.८० प्रतिशतले न्युन हो । बिहान सेयर बजार खुलेको एक घण्टाको अवधिमा बजारमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा २०९ वटा स्क्रीप्टहरुको २२ लाख २९ हजार ६६० हजार कित्ता सेयर किनबेच भइसकेको छ । 
नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । एक घण्टामा कम्पनीको ४ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । यसैगरि, बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । 
कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । केही दिनयता सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । लगानीकर्ताको मनोबल घट्दै गएपछि बजार निरन्तर रुपमा घटेको सेयर कारोबारमा संलग्न सरोकारवालाहरुले बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।