logo

सेयर बजारमा जीवन बीमा कम्पनीको आकर्षण , झन्डै ६६ अर्ब रुपैयाँ लगानी

    1536   पटक पढिएको

९ मंसिर /अर्थ र व्यापार – सेयर बजारमा सर्वसाधारणको लगानी बृद्धि हुनेक्रम बढेसँगै अहिले जीवन बीमा कम्पनीहरुको आकर्षण ह्वात्तै बढेको पाईएको छ । हाल जीवन बीमा कम्पनीहरुले सेयर बजारमा झन्डै ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । 
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अवधिमा विभिन्न १९ वटा जीवन बीमा कम्पनीहरुले ६५ अर्ब ६९ करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।
बीमा कम्पनीहरुले सेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, म्युचअल फण्ड र नागारिक लगानी कोषमा लगानी गरेका हुन्।
कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा २५ अर्ब १४ करोड रुपैयाँ, सूचिकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा २१ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेका छन् भने म्युचुअल फण्ड र नागरिक लगानी कोषमा कम्पनीहरुले ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।
यसअवधिमा सेयर बजारमा सबैभन्दा धेरै लगानी एलआइसी नेपालले गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासको अवधिमा सेयर बजारमा ११ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेको छ । 
कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा २ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा ९ अर्ब रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा ७ अर्ब ३३ करोड रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ८ करोड रुपैयाँ लगानी गरेको छ ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा पनि १५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन् । सबैभन्दा धेरै नेपाल लाइफले लगानी गरेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले सो क्षेत्रमा ४ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।
यसैगरि, एलआइसी नेपालले २ अर्ब ६७ करोड रुपैयाँ, नेशनल लाइफले १ अर्ब ३८ करोड रुपैयाँ, एशियन लाइफले एक अर्ब १ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेका छन् ।
१९ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २५ अर्ब १४ करोड रुपैयाँ लगानी गरेका छन् ।
यस अवधिमा सो क्षेत्रमा एलआइसी नेपालले सबैभन्दा धेरै लगानी गरेको छ । कम्पनीले ९ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब २४ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब ७ करोड रुपैयाँ लगानी गरेका छन् ।
समितिले बीमकको लगानी निर्देशीका, २०७५ जारी कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र तोकिदिएको छ । निर्देशिका बमोजिम कम्पनीहरुले कुल टेक्निकल रिजर्भको २० प्रतिशत लगानी कृषि पर्यटन र जलस्रोत लगायत पुर्वाधारमा गर्नुपर्ने व्यवस्था छ । लगानी निर्देशिका अनुसार ५ प्रतिशत नेपाल सरकार वा राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा, ४० प्रतिशत वाणिज्य बैंकको मुद्दति निक्षेपमा, विकास बैंकको मुद्दतिमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशत, ५ प्रतिशत घरजग्गा ब्यवसायमा र २० प्रतिशत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न सक्छन् ।

लगानी निर्देशिका अनुसार कम्पनीहरुले २० प्रतिशत ऋणपत्रमा, नागरिकलगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत र बैंक तथा वित्त कम्पनीको साधारण सेयरमा २० प्रतिशत लगानी गर्न पाउँछन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।