logo

सेयर कोरोबार ओरालो यात्रामा,आज ३२.२९ अंकले घट्यो नेप्से 

    961   पटक पढिएको

७ मंसिर/ अर्थ र व्यापार – सेयर कारोबार ओरालो लाग्ने क्रमले निरन्तरता पाएसँगै मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३२ दशमलव २९ अंकले घटेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको परिसुचकको गिरावटले आज पनि निरन्तरता पाएको हो । मंगलबार बजारमा कुल २२७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ४ अर्ब १६ करोड ५८ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।
बजारमा कारोबार भएको उपसमुह हरुमध्ये मंगलबार सबैभन्दा धेरै गिरावट बीमा समुहमा देखिन्छ । मंगलबार जिवन बीमा समुहको परिसुचक १८९ अंकले घट्दा निर्जिबन बीमा समुहको परिसुचक २०१ अंकले घटेको छ ।
यसैगरि, विकास बैंक समुहको परिसुचक ११९ अंकले घट्दा वित्त र लघुवित्त समुहको परिसुचकमा क्रमशः ८८ र ५६ अंकको गिरावट आएको देखिन्छ । मंगलबार बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने १५ अंकले घटेको छ । 
अन्य अन्य समुहबाहेक सबै समुहको परिसुचक ओरालो लागेका हुन् । मंगलबार पनि महिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा १८० अंक अर्थात १० प्रतिशतको वृद्धि देखिन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।