logo

सेयर कारोबार ११.६० अंकले घट्यो, मौद्रिक नीतिको समिक्षाको पर्खाइमा लगानीकर्ता

    1325   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार – यो साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्सेमा ११.६० अंकले घटेको छ । यो सँगै नेप्से २७५७.५३ अंकको बिन्दुमा ओर्लिएको छ ।
२२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक समेत ३.७५ अंकले घटेर ५१८.२५ अंकको बिन्दुमा झरेको छ ।
लगानीकर्ताहरु चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा रहेकाले बजार बढ्न नसकेको विश्लेषण भइरहेको छ । नेपाल राष्ट्र बैंकले सेयर बजारको सहजताका लागि चाल्ने सकारात्मक भुमिका तथा नीतिगत निर्णयको पर्खाईमा लगानीकर्ताहरु रहेका छन ।
अहिले लगानीकर्ताले मौद्रिकको नीतिको समिक्षा मार्फत मुख्य २ विषयको अपेक्षा गरेका छन । मौद्रिक नीति मार्फत सेयर कर्जामा गरिएको ४–१२ को सिमालाई हटाउने वा दयरा बढाउने र बजारमा तरलता सहज बनाउन लागि राष्ट्र बैंकको सकारात्मक भुमिका लगानीकर्ताहरुले खोजिरहेका छन ।
समूहगत उपसुचक तर्फ आइतबार जलविद्युत समूह र उत्पादन तथा प्रसोधन समूह बाहेकका समूहको कारोबारमा ऋणात्मक रहेको छ । 
यसैगरि, आइतबार जलविद्युत समूहको सेयर कारोबार १३ अंक र उत्पादन समूहको सुचाङ्क करिब ९६ अंकले बढेको छ । त्यसैगरी, सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको ६४.१६ अंक, व्यापार समूहको ५८.५४ अंक र होटल तथा पर्यटन समूहको ५०.८८ अंकले कारोबारमा गिरावट महसुस गरिएको छ । 
अन्य समूहको सुचाङ्क ३८.८८ अंकले घटेको छ भने बाँकी समूहको सुचाङ्क समान्य अंकले घटेका छन । नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । करिब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबरा गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा आग्रस्थानमा रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।