logo

सेयर बजारमा करेक्सन, नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो 

    1079   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार – शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ ।
बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले घटेको हो । समग्रमा बिहीबारको परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा झरेको थियो । जुन अघिल्लो दिनको तुलनामा १.१६ प्रतिशतले घटी हो । 
कारोबारमा आएका अधिकांश समूह ओरालो लागेसँगै परिसूचक पनि घट्न पुगेको देखिन्छ । बिहीबार १३ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये अन्य समूह उकालो लागेको छ भने बाँकी समूह घटेर राताम्मे देखिएका छन् । त्यस्तै, बुधबारको तुलनामा बिहीबारको कारोबार रकम पनि घटेर ६ अर्ब २७ करोडमा रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब १० करोड रुपैयाँले घटी हो । 
बुधबारको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । स्टक एक्स्चेञ्जका अनुसार दिनभरमा २२४ वटा स्क्रिप्टको ९८ लाख ६२ हजार कित्ता खरिद बिक्री भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको पछिल्लो दुई दिनदेखि निरन्तर रुपमा सेयर कारोबार बढ्न थालेको छ । कारोबार मात्रै नभएर सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुप पावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४९५ र ६४३ रुपैयाँ पुगेको छ । बिहीबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । 
कम्पनीको सेयर मूल्य ५.०३ प्रतिशतले घटेर प्रतिकित्ता ५४८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २९ रुपैयाँले घटी हो । बिहीबार परिसूचक २७६९.१३ विन्दुमा रोकियो । साताको अन्तिम दिन बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।