logo

सेयर बजारमा करेक्सन, नेप्से परिसूचक र कारोबार रकम दुबै घट्यो 

    1460   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार – शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ ।
बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले घटेको हो । समग्रमा बिहीबारको परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा झरेको थियो । जुन अघिल्लो दिनको तुलनामा १.१६ प्रतिशतले घटी हो । 
कारोबारमा आएका अधिकांश समूह ओरालो लागेसँगै परिसूचक पनि घट्न पुगेको देखिन्छ । बिहीबार १३ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये अन्य समूह उकालो लागेको छ भने बाँकी समूह घटेर राताम्मे देखिएका छन् । त्यस्तै, बुधबारको तुलनामा बिहीबारको कारोबार रकम पनि घटेर ६ अर्ब २७ करोडमा रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब १० करोड रुपैयाँले घटी हो । 
बुधबारको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । स्टक एक्स्चेञ्जका अनुसार दिनभरमा २२४ वटा स्क्रिप्टको ९८ लाख ६२ हजार कित्ता खरिद बिक्री भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको पछिल्लो दुई दिनदेखि निरन्तर रुपमा सेयर कारोबार बढ्न थालेको छ । कारोबार मात्रै नभएर सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुप पावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४९५ र ६४३ रुपैयाँ पुगेको छ । बिहीबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । 
कम्पनीको सेयर मूल्य ५.०३ प्रतिशतले घटेर प्रतिकित्ता ५४८ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २९ रुपैयाँले घटी हो । बिहीबार परिसूचक २७६९.१३ विन्दुमा रोकियो । साताको अन्तिम दिन बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।