logo

सेयर बजारमा करेक्सन, साहस उर्जा सहित तीन कम्पनीमा लाग्यो सर्किट

    1294   पटक पढिएको

१५ कात्तिक / अर्थ र व्यापार – गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा सोमबार भने केही करेक्सन भएको छ । पछिल्लो समय दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घटेको छ ।
सोमबार बिहान कारोबारको शुरुवातमा उकालो लागेको शेयर बजारले केही समयपछि ओरालोको बाटो तय गरेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८७ बिन्दुमा सीमित भएको थियो ।
आइतबारको तुलनामा सोमबारको कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो ।
बजारमा २२६ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको थियो । जसमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको थियो । बैंकको एकैदिन ३६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबारसँगै बैंकको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको थियो ।
यसैगरि, बढी कारोबार गर्नेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ३६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको थियो । मानुषी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, साहस उर्जा र पाँचथर पावर कम्पनी दुबैको सेयर मूल्य ९.९८ र ९.९८ प्रतिशतले बढेको थियो । यी तीनको अन्तिम कारोबार क्रमशः ६५७, ४९० र ५१५ रुपैयाँमा भएको थियो ।
बजारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको सेयर मूल्य घटेको थियो । बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ता ६८० रुपैयाँमा झरेको थियो । सोमबार बैंकिङ्ग, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।