logo

अर्थ मन्त्रालयले नेप्सेको सीईओ छनोट प्रक्रिया थाल्यो  

    1070   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – सरकारले नेपाल स्टक एक्सचेन्जमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) छनोटका लागि प्रक्रिया सुरु गरेको छ । जसका लागि अहिले सरकारले दरखास्त आह्वान गरी छनोटको प्रक्रिया अघि बढाएको छ । 
खुला प्रतिस्पर्धामार्फत नयाँ सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो । जसका लागि योग्य आवेदकलाई आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद विवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुखविहीन बनेको थियो । बुक बिल्डिङमार्फत साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर साउदको श्रीमतीको नाममा भेटिएपछि उनी विवादमा तानिएका थिए ।
सर्वोत्तमकै सेयर खरिद विवादमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भने सरकारले बर्खास्त गरेको थियो । बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पनि सरकारले दरखास्त आह्वान गरिसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।