logo

शेयर बजारको उकालो यात्रा जारी, साताको पाँचैदिन बढ्यो, २८०० अंकतर्फ उक्लियो नेप्से

    1368   पटक पढिएको

११ कात्तिक/ अर्थ र व्यापार – विगत केही दिनदेखि शेयर बजारको उकालो यात्रा निरन्तर जारि रहेको छ । यो साता शेयर बजार पाँचै दिन बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार साताको पहिलो दिन आइतबार २७.५१, सोमबार ८३.६३, मंगलबार ७८.८२, बुधबार १८.०६ र बिहीबार साताको अन्तिम दिन १३.०४ अंकले बढेको हो । 
बिहीबार ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८२.१६ अंकमा उक्लिएको छ । बिहीबार २२२ कम्पनीका ९२ लाख ३६ हजार ६ सय १३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  आइतबार २ अर्ब ७७ करोड रुपैयाँ , सोमबार ४ अर्ब ३० करोड रुपैयाँ , मंलगबार ६ अबै ३१ करोड रुपैयाँ  र हिजो बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । 
बजार बढेको दिन विकास बैंक ५०.५७, जलविद्युत ६५.४४, वित्त १३.४२, निर्जीवन बीमा ३.२३, अन्य ४७.७३, लघुवित्त १३०.४२ र इन्भेष्टमेन्ट समूह ०.३६ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ८७.६८ अंकले घटेको छ । 
नेप्सेका अनुसार सबैभन्दा बढी रिडी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत, मनकामना स्मार्टका लगानीकर्ताले ९.३९ प्रतिशत र हिमालयन पावरका लगानीकर्ताले ९.२४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरका लगानीकर्ताले सबैभन्दा बढी ७.७९ प्रतिशतले घाटा व्यहोरेका छन् । 
बिहीबार नेशनल हाइड्रोको उच्च कारोबार भएको छ । नेशनल हाइड्रोको २९ करोड १९ लाख ५ हजार ३ सय १६.१० रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।